धर्म संस्कृतिसमाचारहेडलार्इन

चाम्लिङ खाम्वातिम् केन्द्रीय पाँचौँ राष्ट्रिय सम्मेलन हुदै

धरान,koshipost.com

चाम्लिङ खाम्वातिम् केन्द्रीय कार्यसमितिको पाँचौं राष्ट्रिय सम्मेलन धरानमा हुने भएको छ । यही फागुन २५ , २९ र ३० गते धरानमा किरात राई चाम्लिङ खाम्वातिम् केन्द्रीय कार्यसमितिको पाँचौँ राष्ट्रिय सम्मेलन हुने भएको हो । बुधबार धरानमा पत्रकार सम्मेलन गर्दे आयोजकले जानकारी गराएको छ । ‘संविधानमा लिपिबद्ध अधिकार आन्दोलनका उपलब्धि हुन्, चिनेर कार्यान्वयन गरौँ गराऔँ । चाम्लिङ भाषालाई प्रदेशका स्थानीय तहको भाषा बनाऔँ, विद्यालयमा मातृभाषामा पठन पाठन गरौँ गराऔँ’ भन्ने नाराका साथ पाँचौँ राष्ट्रिय सम्मेलन धरानमा गर्न लागेको आयोजकले जनाएको छ ।


कार्यक्रममा प्रदेश १ का खानेपानी तथा सिँचाई मन्त्री रामकुमार राई पासाङको प्रमुख अतिथिमा हुने छ । पहिलो दिनको कार्यक्रम धरान १० स्थित रहेको किरात राई यायोख्याको भवनबाट ¥याली निकालेर भानु चोकमा आई समापन हुने आयोजकको भनाई छ । दोस्रो दिन राईहरूको धर्म संस्कार पुनः जागरण गराउने सांस्कृतिक कार्यक्रम लगायत र मृत्यु पश्चात् गरिने संस्कारहरूको बारेमा जानकारी गराउन चाम्लिङ विज्ञहरूको उपस्थित रहनेछ । तेस्रो दिन चाम्लिङ समुदायहरूको भाषा, संस्कार, संस्कृति, तथा लिपी लगायत विभिन्न विषयको बारेमा कार्यपत्र पेस भई सो कार्यपत्रहरू माथि व्यापक रूपमा छलफल हुने छ ।


छलफलबाट मात्र कार्यपत्र पारित हुने छ भने बन्द सत्रबाट नयाँ कार्यसमितिको चयन पनि सोही दिन नै हुनेछ । राज्यबाट राईहरुलाई राजनीति, सामाजिक पक्षबाट सहयोग भएपछि आर्थिक पक्षमा सहयोग भएको छैन। कार्यक्रममा ५ सय भन्दा बढी व्यक्तिको सहभागिता हुने छ । कार्यक्रममा ५ सय भन्दा बढी मानिसको सहभागीत हुने आयोजित पत्रकार सम्मेलनमा चाम्लिङ खाम्वातिम् केन्द्रीय अध्यक्ष युवराज राईले जानकारी दिए । कार्यक्रममा सहभागी हुने सहभागीहरुलाई खान, बस्नको व्यवस्था आयोजकले गर्ने अध्यक्ष राई बताए । संस्थाले आफ्नै २५ लाख बराबरको खर्चमा कार्यक्रम गर्न लागेको समेत अध्यक्ष राईले जानकारी गराए ।


इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरी, भोजपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, सप्तरी, सिराहा लगायत देश विदेशबाट लगभग ४ सय पाछा ( उपजाति ) ३ वटा विदेशी शाखा र ४ वटा सम्बन्ध संस्थाबाट कार्यक्रममा सहभागीता हुनेछ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button