धर्म संस्कृतिसमाचारहेडलार्इन

पहिचानका लागी मुख्यमन्त्री राईले पार्टी र राजनीति छाड्न तयार

[mashshare]

धरान,koshipost.com


प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नाम पहिचानको आधारमा किरात प्रदेश हुनुपर्ने माग गर्दै आफूलाई माग तथा ज्ञापन पत्र नबुझाउन आग्रह गरेका छन । धरानमा शनिवार ५ औँ किरात राई चाम्लिङ खाम्बातिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । पहिचानको आधारमा प्रदेश १ को नामकरण हुनुपर्छु भनेर आफूले मुटुमा लेखेर राखेको बताए । त्यसैले अव प्रदेश १ किरात सभ्यता र पहिचानको आधारमा किरात प्रदेश नै हुनेमा विश्वस्त हुन आग्रह गरे ।

‘‘पहिचानको पक्षमा उभिँदा मैले मुख्यमन्त्री छोड्न परे पनि, पार्टी र राजनीति छाडन परे पनि म तयार छ्ु । प्रदेश १ को नाम किरात हुनुपर्ने माग गर्दै माग पत्र बुझाएर तपाईहरु मेरो के परिक्षा लिनुहुन्छ । ? सुम्निमा र पारुहाङ अनि तीन चुलाको कसम खानुपर्छ म तयार छ्ु ।’ कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले भने

किरात प्रदेश हुनुपर्ने माग गर्दै मन्त्रालय धाउनुको साटो दबाबमूलक कार्यक्रम गर्नुस् भन्दै मुख्यमन्त्री राईले भने जो पहिचानको पक्षमा उभिएको छैन उसलाई पहिचानको पक्षमा उभिने गरी दबाब दिनुस् । यसो गर्दा पनि भएन भने सबै थरका किरातीहरु एकजुट भएर दबाबमा लाग्नुस् कसरी हुँदैन तपाईँको माग पुरा ? इटहरी चौक देखि प्रदेश १ को राजधानी विराटनगर सम्म जम्मा भएर दबाबमा लाग्नुस् मुख्यमन्त्रीले भने ।


किराँत प्रदेश नामकरण गर्नका लागि आन्दोलनमा चिउरा र नुन खोर्सानी खाएर हुन्छ की दबाबमूलक अभियानमा अघि बढ्न सुझाव दिए । ‘म प्रदेश १ को नाम किरात हुनुपर्नेमा सम्पुर्ण रुपमा तयार छु, तर म यसमा लागि रहँदा पनि सरकारले प्रदेश १ को नामकरण गर्न बहुमतको आवश्यकता पर्दछ । त्यसैले म जति नै कराए पनि नाम पास हुँदैन ।’


‘यसका लागि दबाबमूलक अभियान गर्नुस् र प्रदेश १ लाई किरात प्रदेश नै नामकरण गरौँ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेशको नाम कोशी हुनुपर्ने भनिरहेको प्रसङ्गमा मुख्यमन्त्री राईले जनताले नचाहँदा नचाहँदै भए पनि विदेशीलाई खुसी पार्न एमसीसी पास गर्दा हुने तर आफ्नै जनतालाई खुसी पार्न प्रदेशको नाम किरात नामकरण गर्न किन नहुने ? भन्दै प्रश्न गरे । इटहरीको भोजपुरे टोलको उदाहरण दिँदै भोजपुरबाट आएकाहरूको बसोबास भएको टोललाई ुभोजपुरे टोल नामकरण गरिए जसरी यहाँ किरातीहरुको घनाबस्ती भएको क्षेत्रलाई किन किरात प्रदेश भन्न नहुने ?

कोशी सभ्यता हो भने किरात पहिचान हो । त्यसैले सबैको सर्वस्वीकार्य नाम किरात नै ठिक भएको बताउँदै किरात नामकरणका लागि प्रदेश १ का सभासदहरुलाई दबाब दिन आग्रह गरे । यसै गरी कार्यक्रममा प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री रामकुमार राईले प्रदेशको नाम किरात हुनुपर्नेमा बहुमत र्पुयाउन समस्या रहेको बताए । बहुमतको लागि ६२ जना सांसद हुनुपर्नेमा अहिले गठबन्धनमा ५० जना मात्रै पुग्ने भएको उनले बताए । कार्यक्रममा सांसद सुदन किराँती र प्रदेश १ का सभामुख प्रदीप भण्डारीले पनि मन्तव्य राखेका थिए । शनिवार देखि सुरु भएको ५ औँ किरात राई चाम्लिङ खाम्बातिमको अधिवेशन तीन दिन सम्म धरानमा चल्ने छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button