
धरान, koshipost.com
सुनसरीको धरानमा २ दिनमा ४ जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार चारै जना झुण्डिएको अवस्थामा मृत भेटिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शनिबार साँझ १ जनाको शव भेटिएको हो भने आइतबार ३ जनाको शव भेटिएको हो । चारै जना झुण्डिएको अवस्थामा भेटिएको जानकारी दिदै डिएसपी कुँवरले अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यथार्थ जानकारी हुने बताए ।
प्रहरीका अनुसार शनिबार साँझ धरान ५ देवीगाउँकी १८ वर्षीया समिक्षा थाप आफ्नै घरको कोठाको झुण्डिएर मृत अवस्थामा भेटिएकी थिइन् । यस्तै, आइतबार बिहान करिब ८ बजे धरान १६ नौली बस्तीकी १४ बर्षीया नन्दिनी मरिक पनि आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । यस्तै, धरान ११ भवानी चोक बस्ने करिब ४० बर्षका विरोध सुनुवार पनि पाशो लागेको अवस्थामा भेटिएको थियो भने शनिबारदेखि हराएका धरान १६ बस्ने ३५ बर्षीय सोनु शेर्पा आइतबार जंगलमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।