Uncategorizedराजनीतिसमाचारहेडलार्इन

पूर्वमा संगठन सशक्तिकरण र सुदृढिकरण गर्दै कांग्रेस


धरान,koshipost.com

नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले पार्टीे संगठन सशक्तिकरण र सुदृढिकरण अभियानलाई वडावडामा सञ्चालनगर्दै आएको छ । हालसम्म रामधुनीनगरपालिकाको ७ नं. वडा, बराहनगरपालिकाको वडा नं. ३, ४ र ५ तथा धरानउपमहानगरपालिकाको वडा नं. २०, १९, १८, १७, १६, १५ र १४मा सम्पन्नभईसकेको छ । पछिल्लो समय धरानउपमहानगरपालिकाको वडा नं. १०,९ र ८माअभियान सम्पन्नभएको छ ।


कांग्रेसको तल्लो तहसम्मको संगठनको क्षमताअभिवृद्धि गरी स्थानीय पार्टी नेतृत्वहरुलाई सांगठानिक, राजनीतिक र सामाजिक गतिविधि गर्न तथा जनमुखी कार्यक्रमगर्न उत्प्रेरित गर्दै समग्र पार्टी संगठनलाई सशक्तिकरण र सुदृढ गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । उनले यो अभियान सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने सबै वडामा सञ्चालन हुने बताए । यो अभियानले पार्टीको केन्द्रीय समितिद्धारा घोषित घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं कार्यक्रमलाई समेत सफलबनाउन मद्दत पुगेको र टोलटोलमा संगठन निर्माण र विस्तार गर्न थप टेवापुगेको बताए ।


धरान १० मा भएको कार्यक्रममा प्रदेश सदस्य गणेश परियारले पार्टीको आन्तरिक चुनाव सकिएकाले अब गुटउपगुट भुलेर पार्टीले एक ढिक्का भएर हिंड्ने वातावरण बनाउनुपर्ने बताए । पूर्व वडा सभापति सुरेश निरौलाले वडाका समस्याह?लाई क्षेत्र, नगरले विशेष प्राथमिकताका साथ समाधान गर्नुपर्ने बताए । नेपालमहिला संघ प्रदेश १(१) का सभापति निर्मला नेपालले वडामा चुनाव जिताउन योग्य र जनताले ?चाउनेलाई उम्मेदवार बनाउनुपर्ने बताइन । वडा सभापतिपावेल राईले वडामा रहेका सबै नेतातथाकार्यकर्ताह? सकृय हुनुपर्ने बताए । वडा उपसभापति सुरज शाक्यले वैठक र कार्यक्रममा सबैजना उपस्थितहुनुपर्ने बताए । समाजसेवी रत्नमणि राईले सकृय साथीहरुलाई उचित स्थान र जिम्मेवारी दिनुपर्ने बताए ।


त्यसै गरी धरान९भएको कार्यक्रममा महासमिति सदस्यश्यामा रेग्मीले टोल समितिले बस्ती बस्तीमा कार्यक्रम गर्नुपर्ने बताइन । महाधिवेशन प्रतिनिधि ललिता अधिकारीले प्रशिक्षणमा जोड दिंदै पार्टीलाई सबैले अगाडि बढाउनुपर्ने बताइन ।प्रदेश सम्मेलन सदस्यकुशुृम ओलीले टोल कमिटिहरुलाई चलायमान बनाउनु पर्ने र महिला सहभागितालाई जोड दिनुपर्ने बताइन । सल्लाहकार गोकुलश्रेष्ठले पार्टीले गरेकाकार्यहरुलाई जनतामाझ लानु पर्ने, प्रचार प्रसर गर्नुपर्ने र खानेपानीको समस्या समाधान हुनुपर्ने बताए । नेपाल दलितसंघ सुनसरी सचिव विजय अछामीले खानेपानीको विषयमा पार्टीलाई बदनाम गर्ने कार्य भईरहेको भन्दै स्थानीय सरकारले स्पष्ट पार्नुपर्ने बताए । वडा सभापति ?पेश आचार्यले खानेपानीको सवालमा नगर प्रमुख, नगर सभापति र प्रदेश सभापति समक्ष सबै कुरा राखिसकेको भन्दै पानीकै कारण संगठन गर्न गाह्«ो भएको बताए ।


धरान ८ मा भएको कार्यक्रममा नेपाल जनजाति संघका १ नं. प्रदेश संयोजक नन्दराज राईले प्रशिक्षण गर्नुपर्ने, एमसीसीको बारेमा जनतालाई बुझाउनुपर्ने र भातृसंघ संस्थालाई चलायमान बनाउनु पर्ने बताए ।क्षेत्रीय सचिव केशव पुरीले पार्टीमा राम्रा मान्छेह? धेरै भएपनिचुपलागेर बस्ने गरेकाले नराम्रा मान्छेहरुको दवदवाहुने र पार्टी संगठन कम्जोर हुने भएकाले अब राम्रा मान्छेहरु बोल्नुपर्ने बताए ।क्षेत्रीय सदस्यउमेश पौडेलले चुनावमा टिकट जस्ले पाएपनि सबैले हातेमालो गरेर जिताउन लाग्नु पर्ने बताए ।

नगर सहसचिव शिला बज्रचार्यले महिलाहरुले नै चुनावमा महौल सिर्जना गर्ने चुनाव जिताउने हुनाले महिला नेतृहरु जागरुकहुनुपर्ने बताइन । वडा सभापतिउत्तम राईले खानेपानीको समस्या, एमसीसी लगायतको विषयमा पार्टीले सहयोग गर्नुपर्ने बताउंदै टोल समितिहरुलाई परिचालन गर्न मद्दत गर्नुपर्ने बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button