
बराह,koshipost.com
सुनसरी जिल्लाकोे कोशी गाउपालिका वडा नम्बर ७ हरिपुरका ३ सय १ जना नेता तथा कार्यकर्ता नेकपा पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र पार्टीमा पार्टी प्रदेश गरेका छन् । मंगलबार नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रदेश हुन् । लालदेव सदाको नेतृत्वमा माओवादी केन्द्रमा प्रदेश गरेको माओवादी केन्द्र प्रदेश नम्बर १ का सदस्य पुर्ण भुजेल(चिन्तन)ले जानकारी दिए ।
पार्टी नव प्रवेशीहरुलाई पार्टीका समिति सदस्य एबम कोशी गाउँपालिकाका निर्वाचन कमाण्डर मुक्सामहाङ मेन्याङ्वो(मुकेश),सुनसरी जिल्ला अध्यक्ष पप्पु मण्डल लगायतले अबिर लगाएर स्वागत गरेका थिए । आगामी बैशाख(३० गते हुन गईरहेकोे स्थानीय तहको निर्वाचनमा आफ्नो समुदायबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुलाई जिताउनका लागि आफ्नो मताधिकारको सदुपयोग गर्न नेता मुकेसले पार्टी प्रवेश नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।
सुनसरी जिल्ला कमिटिका अध्यक्ष कमरेड पप्पु मन्डलले पार्टीको योजना र आगामी निर्वाचनमा खेल्नु पर्ने भुमिकाको बारेमा स्पष्ट पारे । । प्रदेश समिति सदस्य पुर्ण भुजेल (चिन्तन)ले आगामी निर्वाचनमा जित हात पार्नका लागि युवाले निर्वाचनमा खेल्नु पर्ने भुमिकाको बारेमा स्पष्ट पादै सबैले सकारात्मक भुूमिका खेल्न आग्रह गरे ।
पार्टी प्रबेस कार्यक्रममा कोशी गाउपालिका निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मण दहियार, कोशी गाउँ पालिकाका माओवादी केन्द्रका ईन्चाज मन्टु यादव, कोशी गाउँ पालिकाका माओवादी केन्द्रका अध्यक्ष अरुण मन्डल, वाईसीएल जिल्ला सदस्य एबम कोशी गाउँ पालिकाका ईन्चार्ज विहारी मुखिया, कोशी गाउँ पालिकाका वाईसीएल अध्यक्ष रन्जन यादव लगायतको उपस्थिती रहेको थियो ।