राजनीतिसमाचारहेडलार्इन

सेटिङ्गमा हुने भ्रष्टाचारको अन्त्य गर्न सुर्यको उम्मेद्बारी घोषणा


बराह÷अच्युत भट्टराई


वराहक्षेत्र ५ को वडाध्यक्ष पदमा सुर्य बस्नेतले ताप्लेजुङको पाथीभरा पुगेर उम्मेद्बारी दिने घोषणा गरेका छन् । बस्नेत दुई साता अघि परिवारका साथ पाथीभरा पुगेका थिए । उनले पाथीभरा माता र आफ्नै आमालाई साक्षी राखेर भ्रष्टाचार गर्दिन , भ्रष्टाचार गरे आमा र छोराछोरीको खुन खाए सरह हुन्छ भन्ने भिडियो क्लिप सार्वजनिक गर्दै ५ नम्बर वडाको अध्यक्ष पदमा लड्ने कुरा बताएका हुन् ।


स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीले सेटिङगमा काम गरेको कर्तुत थाहा पाए पछि बस्नेतले करिव २ बर्ष अगाडीबाट स्थानीय बिकृती , बिसङ्गती र भ्रष्टाचारका बिषयमा कविता मार्फत खबरदारी गर्न थालेको बताउछन् । बस्नेतले भिडियोमा भनेका छन् । जब उपभोक्ता समितिको सट्टामा उपयुक्त समिति गठन गरे , ८ फेल गरेका स्कुलमा छोराछोरी पढ्दै नपढेका हरि लठ्ठकलाइ ब्यबस्थापन समितिको अध्यक्ष बनाइयो अनि मेरा आँखा खुले । उनले सार्वजनिक गरेको भिडियो बधाइ दिदै १ सय १७ जनाले शेयर गरेका छन् भने करिब २० हजारले हेरेका छन् ।


जनप्रतिनिधिहरु बिकासका नाममा भ्रष्टाचारमा लिप्त भएका छन् । गिट्टी छरेर बजेट सके , स्वास्थ्य ,शिक्षा लगायत सामाजिक क्षेत्रका अन्य काम जिरो छ । पाँच बर्ष बितिसक्दा पनि कालाबन्जरको खोलाको निकासका बारेमा चासो देखाएनन झन मिचेर ठुल्ठुला घर बन्दा पनि प्रतिपक्ष दल समेत आँखा बन्द गरेर बसेको छ । यिनै कुराको अन्त्य गर्न मेरो उम्मेद्बारी हो बस्नेतले थपे । २०४६ साल बाटै एमाले पार्टीमा आस्था राख्दै आएका बस्नेत राजनीतिक दल भित्र फटाह जाली झेलिको मात्रै स्थान हुने भएको हुदा ईमान नछाड्ने आफु त्यहा अटाउन नसकेको बताउँछन् ।


बस्नेतले बि ए सम्मको अध्य्यन गरेका छन् । उनले ५ बर्ष सम्म शिक्षकको काम पनि गरे । त्यसपछी १० बर्ष बिदेशमा काम गरेर फर्केर हाल कृषि पेशामा दिनचर्या बिताइरहेको जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button