समाचारसमाजहेडलार्इन

सुनसरी जिल्लाको कोशी सडक खण्डमा बस र मोटरसाइकल दुर्घटना, एक महिला गम्भिर घाइते

[mashshare]


धरान,koshipost.com


सुनसरीको कोशी राजमार्ग अन्तरर्गतको धरान इटहरी सडकखण्डमा बस र मोटरसाईकल दुरघटना हुदा एक महिला गम्भिर घाइते भएकी छिन् । धरानबाट इटहरीतर्फ जादै गरेको ना ५ ख ८११९ नम्बरको बस र धरानतर्फ आइरहेको को २६ प ३२१३ नम्बरको मोटरसाइकल ठोकिन्दा एक महिला गम्भिर घाइते भएकी जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको हो


सो दुर्घटनामा बसमा यत्रा गरिरहेकी मोरङ सुन्दर हरैचाकी ५५ वर्षीया ललीमाया कामी गम्भीर घाइते भएको ट्राफिक वरिष्ठ हवल्दार सुरेश श्रेष्ठले बताएका छन् । घाइते महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुर्घटनामा मोटरसाइकल चालक र बसमा सवार अन्य ११ जना सामान्य घाइते भएको प्रहरी श्रेष्ठले जानकारी दिए ।


दुर्घटना विश्वकर्मा मन्दिर केही दक्षिणमा भएको प्रहरीले जनाएको छ । सडक निर्माणाधिन अवस्थामा रहेको र खाल्डाखुल्डी भएको कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button