राजनीतिसमाचारहेडलार्इन

सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटरमा बैंठक, स्थानीय तह निर्वाचनमा गठबन्धन बाहिर अन्य दल संग चुनावी तालमेल नगर्न बालुवाटार बैठकको कडा निर्देशन

काठमाण्डौं,koshipost.com

सत्ता गठबन्धनका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल भएको पालिकामा बागी उम्मेदवारी फिर्ता गराउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा गठबन्धन भित्रबाट बागी उम्मेदवारी परे फिर्ता गराउने निर्णय भएको हो ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । ‘गठबन्धन दलबीच चुनावी तालमेल भएको ठाँउमा बागी उम्मेदवार दिने अवस्था भए फिर्ता गराउने सहमति भएको छ । चुनावी परिणाम गठबन्धनको पक्षमा पार्न पाँच दलीय गठबन्धनको पार्टी पङ्क्तिलाई निर्देशन गरिने निर्णय भएको छ ।’ सञ्चारमन्त्री कार्कीले भने

गठबन्धन दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँड भएको पोखरा र भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताबाट बागी उम्मेदवारी दर्ता भएको छ । काँग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने जगन्नाथ पौडेलले घोषणा गरेका छन् । यस्तै पोखरामा काँग्रेसका नेता विमलबहादुर कार्कीले पनि बागी उम्मेदवारी दिएका छन् । यस्तै ललितपुरमा गठबन्धनका निर्णय विपरीत एकीकृत समाजवादीले प्रमुखमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवारी दर्ता गरेकाहरूको फिर्ता गर्न लगाउने र तयारीमा रहेकाहरुलाई रोक्न लगाउने उनको भनाइ छ । यस्तै बैठकले आ–आफ्नो निकायलाई गठबन्धनको भावनाअनुसार अगाडि बढ्न निर्देशन दिने बैठकले निर्णय गरेको मन्त्री कार्कीले बताए । साथै उम्मेदवारी दर्ता गर्दा गठबन्धन दलहरु मिलेर गर्ने निर्णय पनि गरिएको उनले बताए ।

केही जिल्लामा गठबन्धन दलबीच सहमति जुट्न नसकेर आपसी प्रतिस्पर्धामा उत्रिएको विषयमा पनि छलफल भएको उनले मन्त्री कार्कीले जानकारी दिए । ‘कुनै जिल्लामा सिट बाँडफाँट मिलेन भने पाँच दलको सहमतिमा आपसी प्रतिस्पर्धा हुन सक्छ’ उनले भने, ‘तर गठबन्धनभन्दा बाहिर गएर चुनावी तालमेल गर्न पाइने छैन । यसका लागि गठबन्धनमा सम्बद्ध सबैलाई कडा निर्देशन दिने निर्णय भएको छ ।’ मन्त्री कार्कीले भने

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button