
धरान,koshipost.com
वैशाख ३० गते हुने निर्वाचनका लागि सोमबार ठूला दलले उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम थियो । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीका मेयर, उपमेयर साथै वडाध्यक्षहरुको उम्मेद्वारी दर्ता भएको छ ।
धरानको सिंहदेवी चोकबाट शुरु भएको माससहितको ¥याली धरानको पब्लिक हाइस्कुलको मैदानमा आइपुगेको थियो । ¥याली अघि नेपाली कांग्रेसबाट मेयरको टिकट पाएलगत्तै सिंहदेवीचोक पुगेका किशोर राई र उपमेयरको टिकट पाएका माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघा सहितको टिम
किशोर–अइन्द्र हाइहाइ, गठबन्धन एकता जिन्दावादजस्ता नारा लगाउँदै उनीहरु रयालीसहित हिँडेका थिए । कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै मेयरका उम्मेद्वार किशोर राईले धरानको विकासका लागि गठबन्धन गरिएको र पाँच वर्षभित्रमा केही न केही विकास गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै उपमेयरका उम्मेद्वार अइन्द्रविक्रम बेघाले धरानको विकास, समृद्धि साथै संविधानको रक्षा र मुलुकको रक्षाका लागि आफ्नो उम्मेद्धारी दिएको बताए ।