राजनीतिसमाचारहेडलार्इन

धरानमा गठबन्धनको चुनावी घरदैलो कार्यक्रममा जनताको उत्साह बढ्दै

[mashshare]


धरान,koshipost.com
धरानमा गठबन्धनको चुनावी घरदैलो कार्यक्रममा धराने जनताको उत्साह बढ्दै गएको छ । आगामि बौशाख(३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा जित सुनिश्चित गर्नका लागि लोकतान्त्रीक बाम गठबन्धनको घरदैलो कार्यक्रममा जनताको उत्साह दिन प्रतिदिन बढ्दै गईरहेको हो ।

बिहिबार धरान उप(महानगरपालिका वडा नम्बर ११ का बिभिन्न स्थानहरुमा गठबन्धनका तर्फबाट मेयरका उम्मेद्वार नेपाली काङ्ग्रेसका किशोर राई र उप(मेयरका उम्मेद्वार नेकपा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा, नेता, कार्यकर्ता सहित वडाबासिहरुको बाक्लो उपस्थितिमा घरदैलो कार्यक्रम सम्पन्न भएको उप(मेयरका उम्मेद्वार बेघाले जानकारी जानकारी दिए । अहिलेसम्म हामिले १६ वटा वडाहरुमा घरदैलो सम्पन्न गरेका छौ,पुगेका सबै वडाहरुमा गठबन्धनप्रति जनताको उत्साह बढेको पायौं पायौू।त्यस्तै मेयरका उम्मेद्वार किशोर राईले अहिलेसम्मको घरदैलो कार्यक्रमबाट जनताको उत्साहले आफुहरुलाई हौसला मिलेको बताए ।


घरदैलो कार्यक्रमका क्रममा पुगेका बिभिन्न वडाहरुमा जनताले खानेपानी, सडक कालोपत्रे, सुकुम्बासि लगायतका समस्याहरु राखेको राईले बताए । ूआफुहरुले जितेको खण्डमा घरदैलोका क्रममा जनताले राखेका समस्याहरुको समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेको छु’ उनले भने । अब वडा नम्बर १७, २०, ४ र १८ मा घरदैलो कार्यक्रम बाकि रहेको राईले जानकारी दिए । केही दिनअघि पत्रकार सम्मेलन मार्फत जनता समाजवादी पार्टीले समेत गठबन्धनलाई सघाउने भए पछि धरानमा गठबन्धनको जित सुनिस्चित हुने देखिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button