
धरान,koshipost.com
धरान १३ का राई टोल बस्तीमा ६४ घर परिवार भुमिहिन सुकुम्बासी रहेका छन । झण्डै २० बर्ष पछि २०७४ सालमा स्थानीय सरकार आएपछि धरान उपमहानगरपालिकाको पहिलो निर्णय अव्यवस्थित बस्ती तथा भुमिहिन सुकुम्बासीह?लाई घर नम्बर वितरण गरि लालपूर्जा वितरणको प्रक्रिया शुरु गर्ने भएको हो । सोही निर्णय अनुसार एमालेबाट चुनाव जितेका तत्कालिन मेयर स्व. तारा सुब्वाले तत्कालै निर्णय कार्यन्वयन गर्नु भएको थियो । मेयर सुब्वा र तत्कालिन उपमेयर मञ्जु भण्डारीले धरान–१३ स्थित राई टोलमा घर नं. वितरण गरेका थिए । २० हजार भन्दा बढी सुकुम्वासी रहेको धरानमा यही टोलबाट घर नं. वितरण शुरु गरिएको थियो ।

भुमिहिन सुकुम्बासीलाई घर नम्बर वितरण गर्ने नेपालकै पहिलो उपमानगरपालिकामा धरान पर्छ । त्यहि समयमा अव्यवस्थित भुमिहिन समितिको कार्य विधि निर्माण गरि सो कार्यबाट घर नम्बर वितरण गरिएको छ । धरानमा एमाले नेतृत्वको स्थानीय सरकारले सुकुम्वासीलाई व्यवस्थापनको काम शु? गरे पनि कांग्रेसको नेतृत्व आए पछि रोकिएको व्यवस्थित बसोबास तथा भुमिहीन सुकुम्बासी व्यवस्थापन समितिका कोषाध्यक्ष हरि कार्कीले बताउनु भयो । धरान १३ सुकुम्बासी बस्ति राई टोलका पहिलो घर नम्बर पाउने भाग्यमानी मनबहादुर राई भएका छन् । घर नं. पाए पछि पानी, बिजुलीबत्ती जोड्नलाई उपमहानगरपालिका जादा, वडा समिति जादा घर नम्बरले सहज भएको राईले बताए । पूर्जा पाउने आशा गरेको धेरै भयो तर आज सम्म पाईएको छैन राईले दुखेसो सुनाए ।

भुमिहिन सुकुम्बासी समितिका सदस्य सीता मगरको अनुसार मेयर तारा सुब्बाको कार्यकाल पहिलो पल्ट राई टोल बस्तीका ३० घरले घर नम्बर पाए पछि आफ्नो वासको सुरक्षा भएको बताईन् । घर नम्बर भएपछि सरकारले दिने सेवा सुविधा उपभोग गर्न पाएको मगरले बताईन् । यस पटकको स्थानीय निर्वाचन पछि आउने स्थानीय सरकार जनप्रतिनिधिले सबैभन्दा पहिले सुकुम्बासीलाई लाल पुर्जा वितरण, शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टि गरीदिहोस् भन्ने मगरले माग समेत राखेकी छिन् ।

नेकपा एमालेको उपमेयरका उम्मेद्धवार पदम लिम्बुले उपमहानगरमा जिते पछि पहिलो प्राथमिकता धरानमा भएको सुकुम्वासीरुको व्यवस्थापनलाई व्यवस्थित बनाउन आफु लाग्ने बताए । ‘हामीले थालेको अभियान पुरा गर्न पाएका र्छैनौ । एमाले नेतृत्व आउने वितिकै हामी प्राथमिकतामा यहाँका सुकुम्वासी व्यवस्थापन हुने छ ’–उपमेयरका उम्मेद्वार लिम्बुले भने ।धरानमा १३, ११, १७, ८, १५ लगायत वडामा बढी सुकुम्वासीहरु रहेका छन् । हालसम्म ५ हजार ३४ जनलाई घर नं. वितरण गरिसकेको छ ।