Uncategorizedसमाचारहेडलार्इन

धरानको ताजा मतगणना गठबन्धनका रुखलाई लौरोले खेदाएर हैरान, घामलाई पछ्याउन सास्ती २७ हजार बढी मतगणना सकियो

धरान,koshipost.com


सुनसरीको धरानमा बुधबार बिहान ११ बजे अघिसम्म २७ हजार २ सय १७ मतगणना गर्दा गठबन्धनका रुखलाई १६१ मतान्तरले लौरोले पछ्याईरहेको छ । गठबन्धनका मेयर पदका उम्मेद्वार किशोर राईले १६१ मतान्तरले लौरोलाई पछि पादै अग्रता कायमै गरीरहेका छन्


२७२१७ मतगणना गर्दा गठबन्धनका मेयर किशोर राई ७७६९ , नेकपा एमालेकी मेयर पदकी मन्जु भण्डारी सूर्य ६४८६ र स्वतन्त्र लौरो ७६०८ रहेको छ । एमालेबाट मेयर पदका लागि उम्मेद्वार दिएकी मञ्जु भण्डारी ६४८६ ल्याएर तेस्रो स्थानमा छन् । त्यसैगरी, उपमेयर पदमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघा ८७५७ मतका साथ अग्रता कायम राखेका छन् ।


एमालेबाट उपमेयर पदमा उम्मेद्वार दिएका पदम इस्वोले ८४२९ मत ल्याएर दोस्रो रुथानमा छन् । अहिले सम्म धरानको वडा नं १, २, ३, ४, ५, ६, ७ र ८ को मतगणना सम्पन्न भइसकेको छ भने वडा नं १०, १९, १८ र २० को मतगणना जारी छ

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button