समाचारस्थानीयहेडलार्इन

धरानको ताजा अपडेट प्रदेश १ धरानको १४ नम्बर वडामा राप्रपाले खाता खोल्यो पहिलाको वडाअध्यक्षमा कृष्ण भट्टराई निवार्चित

[mashshare]

धरान,koshipost.com
धरानको १४ नम्बर वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वडाअध्यक्ष पदमा चुनाव जितेको छ । निर्वाचन हुनु अघि मात्र नेपाली कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेर वडाअध्यक्षमा उठेका कृष्णप्रसाद भटट्राई वडाअध्यक्षमा निवार्चित भएको हो ।


निर्वाचित भटट्राई ९०५ मत प्राप्त गरेर वडाध्यक्षमा निवार्चित भएका हुन् । उनी २०७४ सालमा पनि वडा १४ को वडाअध्यक्षमा कांग्रेसबाट निवार्चित भएका थिए । यसपाली कांग्रेसले टिकट नदिने भएपछि उनले राप्रपा प्रवेश गरेर उम्मेद्वारी दिएका थिए ।
विजयी भटट्राईका निकटतम प्रतिद्धन्दी एमालेका उत्तम आलेले ६५४ मत मात्र प्राप्त गरे भने नेपाली कांग्रेसका श्याम श्रेष्ठले २९८ मत प्राप्त गरे ।

यस्तै, महिला सदस्यमा एमालेबाट झरना सुनुवार ७१२ मत प्राप्त गर्दै विजयी भइन् भने एमालेबाटै दलित महिला सदस्य दुर्गा बिक ७३४ मत प्राप्त गरेर निवार्चित भएकी छिन् । त्यस्तै, खुल्ला सदस्यमा कांग्रेसबाट कमल भट्टराई ७२१ र राम तामाङ ७३१ मत प्राप्त गरेर निवार्चित भएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button