राजनीतिसमाचारहेडलार्इन

धरान २० नम्बर वडाको १८ वटा मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर नगर्दा विबाद उत्पन्न पछि २० नम्बर वडासमितिले विज्ञप्ती निकाल्यो

[mashshare]


धरान,koshipost.com
सुनसरीको रानमा मतगणनाको क्रममा उत्पन्न विवाद लाई लिएर धरान २० वडा पार्टीले पनि असहमति जनाएका छन् । धरान २० को मतगणनाको क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि समस्या उत्पन्न हो । अहिले त्यो वडाको मतगणनाको नतिजा अन्तिममा घोषण गर्ने शर्तमा रोकेर राखिएको छ । घोषण रोकिएपछि जनता समाजवादी पार्टी नेपालले आपत्ती जनाएको छ ।


जनता समाजवादी पार्टी नेपाल धरान २० नम्बर वडा समितिले आज एक विज्ञप्ती जारि गर्दै उक्त विषयमा वडा पार्टीको तर्फबाट असन्तुष्टि व्यक्त गरेका छन् । धरानमा मतदानको बेला १८ वटा मत पत्रमा मतदान अधिकृतले षड्यन्त्रपुर्ण ढंगले हस्ताक्षर नगरेको भन्दै माओवादी केन्द्रले पुन मत गणनाको माग राखेको प्रति जनता समाजवादी पार्टीकोे पनि समर्थन रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


पार्टीले मतदान अधिकृतलाई तत्काल कार्वाहिको माग राख्दै आपत्ति जनाउँनुका साथै पुन मतगणना गर्नु पर्ने विज्ञप्ती मार्फत माग राखेको छ । अधिकृतको षड्यन्त्रपुर्ण कार्यले जनताको अमुल्य मतको अवमुल्यन भएको दावि गर्दै सो मतदान केन्द्रका मतदान अधिकृतलाई कार्वाहिको माग गरेको हो । मतदान अधिकृतलाई कार्वाहिको माग संगै धरान २० को पुन मतगणना गरी नताको अभिमतलाई सम्मान गर्न पनि जसपाले विज्ञप्तीमा भनेको छ । पार्टीका इन्चार्ज रमेश राई अध्यक्ष जित कुमार राई तथा सचिब जीवन राईले संयुक्त रुपमा विज्ञप्ती सार्वजनिक गरेका हुन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button