समाचारसमाजहेडलार्इन

धरानको सेउती बगरमा भेटिएको शवको पहिचान खुल्योे, मृतक युवा एक्लो छोरा रहेछ ।

धरान,koshipost.com
सुनसरीको धरान सेउती बगरमा भेटिएको शवको पहिचान खुलेको छ । बिहिबार बिहान धरान वडा नं ५ तल्लो देउराली सेउती खोला बगरमा मृतक अवस्थामा भेटिएको पहिचान खुलेको हो । हत्या गरिएको अवस्थामा भेटिएको युवा एक्लो छोरा भएको पत्ता लागेको छ ।


हत्या गरिएको अवस्थामा भेटिएको युवा धरान ११ विष्णुचोक ठाडो सोलिङका ३१ वर्षीय सन्दिप लम्जेल भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरी नायव उपरिक्षक (डिएसपी) बुद्ध श्रेष्ठका अनुसार लाशको सनाखत भएसँगै अनुसन्धान कार्यले पनि थप तिब्रता पाएको छ । सबै पक्षबाट अनुसन्धान शुरु भइसकेको र चाडै हत्यारा पत्ता लाग्ने डिएसपी श्रेष्ठले बताए
बिहान करिब साढे ५ बजे सेउती खोलाको बगरमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । शवको गर्धनमा धारिलो हतियारले काटिएको छ भने टाउको, शरीरको ढाँडमा समेत धारिलो हतियारले काटेको र घोचेर चोट बनाएको अवस्थामा भेटिएको थियो । शव पोष्टमार्टमको लागि वीपी प्रतिष्ठानमा लगिएको छ ।


मृतक युवा सन्दिप मिठे सार्की र विष्णुमायाको एक मात्र छोरा थिए


मृतक सन्दिप मिठे सार्की र विष्णुमायाको एक मात्र छोरा भएको खुलेको छ । दुवैको ५ जना छोरीहरु छन् । छोरा भने सन्दिप मात्र हुन् । एक मात्र छोरा गुमेपछि परिवार गहिरो शोकमा छ भने आमा विक्षिप्त अवस्थामा छिन् । टोल पनि स्तब्ध छ ।
बुबा मिठेका बुधबार बेलुका करिब सवा ७ बजेतिर फोन आएपछि सन्दिप मोटरसाइलमा निस्केका थिए । सन्दिपले को २२ प २५६८ नम्बरको डुक मोटरसाइकल चलाउथे । हत्या गरिएको स्थानमा उनले प्रयोग गर्नेे मोटरसाइकल र मोवाइल समेत फेला परेको छैन । मृतकका बुबा निर्माण व्यवसायी हुन् । आफ्नो छोराको हत्या जो बाट भएपनि हत्यारा पत्ता लगाएर चाडो कारबाही हुनुपर्ने मृतकका बुबा मिठेको माग छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button