खेलकुदसमाचारहेडलार्इन

आगमी असार २ देखि ४ गतेसम्म बाँझोगरामा पुरुष भलिवल प्रतियोगिताको हुने

[mashshare]

धरान,koshipost.com

आगमी असार २ देखि ४ गतेसम्म बाँझोगरामा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सातौं बाँझोगरा खुल्ला पुरुष भलिवल प्रतियोगिता तथा अन्तर जिल्ला स्तरीय पुरुष भेट्रान र महिला भलिबल प्रतियोगिता हुने भएको हो । असार २ देखि ४ गतेसम्म ३ दिन प्रतियोगिता संचालन हुने आयोजकले आईतबार प्रत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।


नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा पत्रकार सम्मेलन गरी बाँझोगरा युवा क्लबका अध्यक्ष कर्ण केदमले प्रतियोगिता हुने जानकारी दिएको छ । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टीमलाई नगद १ लाख १ हजार,दोस्रो हुने टीमलाई ६१ हजार र तेस्रो हुने टीमलाई ३० हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष केदमले बताए ।

यस्तै, महिला तर्फ प्रथम हुने टीमलाई ३० हजार,दोस्रो हुने टीमलाई नगद २० हजार र तेस्रो हुने टीमलाई नगद १५ हजार पुरस्कार प्रदान गरिनेछ, आयोजको जनाएको छ । प्रतियोगितामा धरान उपमहानगरपालिकाले ५० हजार सहयोग गर्ने आयोजकले जानकारी दिएको छ । त्यस्तै, वडाबाट १० हजार र ससी सेरङबाट २६ हजार ४ सय सहयोग गर्ने भएका छन् । यस्तै, व्यवस्थापनमा किशोर राईले प्रतियोगितालाई ८० हजार सहयोग गर्ने पत्रकार सम्मेलनमा बताए । प्रतियोगिता सम्पन्नका लागि ६ लाख खर्च हुने आयोजकको अनुमान छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button