समाचारसमाजहेडलार्इन

सामन्य विवादमा बञ्चरो प्रहार गरी भाइको हत्या

बराहक्षेत्र,koshipost.com

सुनसरी जिल्लाको बराहक्षेत्रमा सामन्य विवाद हुदा दाजुले बञ्चरो प्रहार गरी भाईको हत्या गरेको छ । बराहक्षेत्र–४ मा चुरोटको विषयमा सामान्य विवाद बढ्दै जाँदा बन्चरो प्रहार गरी आफ्नै भाइको हत्या गरिएको हो । बराहक्षेत्रको कौवा खोज भन्ने ठाउँमा आइतबार बिहान विवाद चलेको थियो । सो विवादका क्रममा बन्चरो प्रहार गरी १८ वर्षीय देवकुमार धामीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।


हत्यामा संलग्न ३० वर्षीय देवराज धामीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका देव कुमारको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक देवकुमारको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी प्रतिष्ठानमा राखिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button