समाचारसूचना प्रबिधिहेडलार्इन

प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक केसीलाई जिम्मेवारीबाट हटाइयो

[mashshare]

काठमाण्डौं,koshipost.com

प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीलाई जिम्मेवारीबाट हटाइयो छ । कारागारमा रहेका समीरमानसिंह बस्नेतलाई भेटेपछि स्वयम्भूका डिएसपी केसीलाई रानीपोखरीमा सरुवा गरिएको हो । प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीलाई जिम्मेवारीबाट हटाइएका छन्।


निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई भेट्न सुन्धारास्थित कारागारमा गएको खुलेपछि उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको थियो । उनीमाथि छानबिन भइरहेको हुँदा स्वयम्भूबाट उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले तानिएको छ।

उनको सट्टामा स्वयम्भूमा अरू कसैलाई पठाइएको छैन । ‘त्यहाँ अर्को कसैलाई पठाइएको छैन। छानबिन हुन्जेल उनलाई रानीपोखरी राखिएको हो,’ परिसर प्रमुख एसएसपी सुदीप गिरीले भने ,‘छानबिन भइरहेको बेलामा कमान्डरको जिम्मेवारी दिइरहँदा काममा असर पर्न सक्ने हुँदा तानिएको हो।’ सुन्धारा कारागारमा रहेका बस्नेतलाई भेट्न केसी आइतबार पुगेका थिए। उनी के कारणले बस्नेतलाई भेट्न गएका थिए भन्नेबारेमा बुझ्न मंगलबार परिसरले समितिसमेत गठन गरेको छ ।

प्रहरी उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो। तीन दिन भित्र उक्त समितिले प्रतिवेदन बुझाउनुपर्नेछ । समीरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार हुन्। उनी सोही हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button