समाचारस्थानीयहेडलार्इन

धरान उपमहानगरपालिकाको ११ औँ नगरसभा असार ८ गते गर्ने भनिएकोमा २ दिन सारियो

[mashshare]

धरान,koshipost.com

धरान उपमहानगरपालिकाको असार ८ गते हुने भनिएको ११ औँ नगरसभा २ दिन सारेर असार १० गते गर्ने निर्णय भएको छ । असार ७ गते मंगलबार बसेको कार्यपालिका बैठकमा वितरण गरिएको नीति तथा कार्यक्रम २८ पृष्ठको लामो भएकोले यसलाई एकै दिनमा अध्ययन गरेर सुझाव दिन नसकिने भएको भन्दै असार १० गते दिउसो १ बजे सुनसरी उद्योग वाणिज्य संघको हलमा नगर सभा गरिने असार ७ गते बसेको कार्यपालिका बैंठकले निर्णय गरिएको हो ।


७ गते मङ्गलवारको कार्यपालिका बैठकमा सञ्चारकर्मीहरूलाई लाइभ नगर्न भनिएको थियो । धरानको नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा गम्भीर छलफल हुनुपर्ने भएकोले लाइभ गर्दा सबै सार्वजनिक हुने भएकोले मङ्गलवारको बैठकको लाइभ नगर्न मेयर हर्क साम्पाङले सञ्चारकर्मीलार्ई अनुरोध गरेका थिए । धरान उपमहानगरपालिकाको ११ नगर सभा असार ८ गते गर्ने भनिएपनि ७ गतेको कार्यपालिका बैंठकले २ दिन पछि सारेर असार ११ गते गर्ने निर्णय गरेको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button