
धरान,koshipost.com
त्रिभुन विश्वविद्यालय कर्मचारी संघको उपाध्यक्षमा भद्र तामाङले उम्मेदवारी दिएका छन् । यहीअसार १० गते हुनगईरहेको त्रिभुवनविश्वविद्यालयकर्मचारी संघको निर्वाचनमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानका कर्मचारी नेता भद्रबहादुर तामाङले उपाध्यक्षपदमा उम्मेदवारी दिएका हुन् । प्रजातान्त्रिक–वाम लोकतान्त्रिक कर्मचारी समूहको चुनाव चिन्ह कलशवाट उनले आप्mनो उम्मेदवारी दिएका छन् ।
सफल र कुशलकर्मचारी नेताका छवि बनाएका तामाङले त्रि.वि. प्रजातन्त्रवादी कर्मचारी संघको केन्द्रीय सदस्य र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानको ईकाई अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुको छाता संगठन त्रि.वि. कर्मचारी संघ, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानको ईकाई अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिरहेका छन् ।
प्रजातान्त्रिक–वाम लोकतान्त्रिक कर्मचारी समूहवाट अध्यक्ष पदका उम्मेदवार पुण्य प्रसाद आचार्य नेतृत्वको समूहवाट उपाध्यक्षमा उम्मेदवारी दिएका उनी सर्वाधिक लोकप्रिय कर्मचारी नेताका रुपमा समेत देखिएको छ ।
संस्थागत सुधार एवम् पेशागत हकहित र मर्यादाका लागि सहमति, सहकार्य, सह–अस्तित्व र वृत्तिविकासका लागि हाम्रो अभियान भन्ने नारा लिएर आफु र आप्mनो समूहको निर्वाचन अभियानको शिलशिलामा उनी प्रदेश १ मा रहेका विभिन्न क्याम्पसहरुमा निर्वाचन प्रचार–प्रसार र मत माग्दै हिडिरहेका छन् । उनको यस अभियानमा सदस्य पदका उम्मेदवार क्षे.प.नि.का. विराटनगरका शंकर दाहाल सहितका कर्मचारी नेताहरुको संलग्न रहेको छ ।
उच्च शिक्षाको विरासत वोकेको देशकै जेठो विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुको आधिकारीक र साझा छाता संगठनको हुनगईरहेको निर्वाचनमा निरन्तर कर्मचारीको पेशागत हकहीत र शिक्षाको गुणस्तर वृद्धिका लागि जिम्मेवारीपूर्ण नेतृत्व दायी भूमिका निर्वाह गर्दै आप्mनो कुशल नेतृत्वपना र कार्यक्षमता देखाइसकेका उनी केन्द्रीय पदाधिकारीको उम्मेदवारी दिनेमाप्रदेश १ कै एक्लो रहेका छन् । समन्वयकारी नेतृत्वशैली, मिलनसार, लोकप्रियता र कार्यक्षमताका कारण उनको जीत सुनिश्चित भएको कर्मचारीहरु बताउँछन् ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य गरी २५ सदस्यीय त्रि.वि.कर्मचारी संघको केन्द्रीय कार्य समितिको निर्वाचन हुन लागेको हो ।