
भेडेटार,koshipost.com
धनकुटा जिल्लाको भेडेटारमा स्काई वाक बनाउन राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रीपरिषद्ले अनुमति दिने निर्णय गरेको छ । धनकुटा र सुनसरीको सिमानामा पर्ने भेडेटारमा स्काइ वाक बनाउन राष्ट्रिय वन प्रयोग गर्न दिने मन्त्रीपरिषद्ले निर्णय गरेको हो । मंगलबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले स्काई वाक निर्माणको बाटो खुल्ला गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारको निर्णय सँगै वन क्षेत्रको कारण अन्योलतामा रहेको परियोजना निर्माण सुचारु हुने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) ले ऋण लगानी गर्ने परियोजना वन्डर्स ग्रुपले निर्माण गर्न लागेको हो । काठमण्डौको कमलादी र भेडेटारमा बन्न लागेका दुवै परियोजनाको लागी निफ्राले ६७ करोड ५० लाख ऋण लगानी गर्ने भएको छ ।
वन्डर्स ग्रुरुपले काठमाण्डौका निर्माण गर्ने भनिएको स्काई वाकमा १ अरब लगानी हुने भएको छ । ७८ मिटर उचाइको टावरमा रेस्टुरेन्ट, योगशाला लगायत मनोरम वातावरण अवलोकनको व्यवस्था हुनेछ । सोही ग्रुरुप अन्तरगत वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्राक्सन प्रालीले भेडेटारमा निर्माण अगाडी बढाइएको परियोजनामा २० करोड लगानी हुने अनुमान गरिएको छ । सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप निर्माण हुन लागेको सो परियोजनाले प्रदेश १ को पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जनकारहरु बताउँछन् ।
नेपालकै पहिलो र नमुना परियोजना भएकोले पर्यटन क्षेत्रमा कोशेढुङ्सा साबित हुने लगानीकर्ता सुनिल भुसालले बताउँछन् । सिसामा हिँडेर मनोरम वातावरणको अवलोकन गर्न पाउनु पर्यटकको लागि नयाँ अवसर भएको उनको भनाई छ ।