समाचारसूचना प्रबिधिहेडलार्इन

धरानका मेयर साम्पाङले प्रत्येक शुक्रबार लागुऔषध विरुद्ध भानुचोकमा धर्ना दिने अभियान (भिडियो सहित)

[mashshare]

धरान,koshipost.com
धरानका मेयर हर्क साम्पाङले प्रत्येक शुक्रबार लागुऔषध विरुद्ध भानुचोकमा धर्ना दिने अभियान भन्दै शुक्रबार शुरु गरेको छ । धरानमा पछिल्लो समय आपराधिक घटनाहरू लागुऔषध प्रयोगकर्ताहरूबाटै हुने गरेको भन्दै लागुऔषधको विरुद्धमा सबै धरानेहरु एक जुट भएर लाग्नुपर्ने र यसको नियन्त्रणको लागि धरानमा अव देखि हरेक साता से नो टु ड्रग्स अभियानलाई पनि निरन्तरता दिने भन्दै धरानका मेयर साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघाले धर्ना अभियान शुरु गरेको हो ।


शुक्रवार धरानको भानुचौकमा मेयर हर्क साम्पाङ, उपमेयर आन्द्र विक्रम बेघा सहितको समूहले लागुऔषध विरुद्धको प्लेकार्ड बोकेर लागुऔषधको साङ्केतिक विरोध कार्यक्रममा मेयर साम्पाङले धरानको मुख्य समस्या खानेपानी भएकोले यसमा आफू निर्वाचित भए देखिनै लागि परेको र खानेपानीको स्रोतमा सुधार भएको बताए ।


धरानमा अपराधिक गघटनाहरु लागुऔषध दुव्र्यसन रहेकोले हरेक साता एक दिन थोरै समय भए पनि लागुऔषध विरुद्धको अभियान गर्ने मेयर साम्पाङ भानुचोकमा बताएका छन् । धरानवासीका लागि आफुले चलाएको अभियानमा सबैको साथ सहयोग भएकोले अव यो लागुऔषध अभियानमा पनि साथ सहयोगको अपेक्षा गरेको मेयर साम्पाङले बताए ।


‘अहिले सम्म धरानमा जति पनि आपराधिक घटनाहरू घटेका छन् ती सबैको अनुसन्धान गर्दा जरासम्मै पुग्दा लागुऔषध भएकोले यसको नियन्त्रण र न्यूनीकरणमा गर्न अव धरानवासी हामी सबै लाग्नुपर्ने बेला आएको छ । प्रत्येक शुक्रबार बेलुका एकछिन भएपनि आगुऔषध विरुद्ध धर्ना अभियानमा सबैजना एक भएर जुटौं भन्ने मेरो अनुरोध छ ।’ मेयर साम्पाङले भने


धरानका उपमेयर आन्द्र विक्रम बेघा र आफू सारै मिल्ने साथी भएको बताउँदै अव देखि हरेक शुक्रवार लागुऔषध विरुद्धको अभियान सञ्चालन गर्ने मेयर साम्पाङले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button