
धरान,koshipost.com
लागूऔषध बिरुद्ध धरानका मेयर हर्क साम्पाङ धराने जनताका साथ प्रत्येक शुक्रबार सडकमा निष्किने गरेका छन् । मेयर हर्कराज राई (साम्पाङ) धरानलाई लागूऔषध दुव्र्यसनमुक्त शहर बनाउनने उद्देश्यले प्रत्येक शुक्रबार सडकमा निस्किएर ‘दुव्र्यसनमुक्त धरान’ बनाऔं भन्ने घोषणा गदै आएको हो ।
गएको शनिबार धरानको भानुचोकमा मेयर साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघासहितले ‘लागूपदार्थ दुव्र्यसनविरुद्ध एक होऔं’ भनेर सन्देश दिन धरानको मुटु भानुचोकमा उभिएका थिए । लागूऔषधको नशा गाढा, परिवार सबै हुन्छ टाढा, सचेत युवाहरुको आह्वान, दुव्र्यसनमुक्त धरान, लागूऔषध दुव्र्यसनमा नफसौं, नफसाउ, लागूपदार्थ दुव्र्यसनविरुद्ध एक होऔं, कति सुन्दर छ जीवन सोचेर हेर तिमी, कति गर्न सकिन्छ, रोजेर हेर तिमीलगायतको नारा लेखिएको प्लेटकार्ड बोकेर मेयर साम्पाङ धराने जनता संगै छाताचोकमा उभिएका थिए ।
‘लागूऔषध सेवन गर्नु भनेको आफु र आफ्ना सबैलाई धेरै भन्दा धेरै दुःखी बनाउनु हो, त्यसैले मिलेर सबैले भनौं लागूपदार्थ दुव्र्यसनविरुद्ध एक होऔं’, मेयर साम्पाङ भन्छन् ‘यो अभियान चलाईरहन्छु, एकदिन यसलाई अन्त्य गरी छाड्छु । प्रत्येक शुक्रबार म धरानको विभिन्न चोकमा लागूऔषधको बिरोधमा लागिरहनेछु’ मेयर साम्पाङले मिडियाकर्मीसंग कुरा गदै भने ।
‘राज्यले अहिलेसम्म पक्राउमात्रै गरिरहने हो भने युवाको अवस्था पनि भयावह हुन्छ । यसका लागि हामी उपमहानगरपालिकाले बजेट विनियोजन गर्ने तयारी पनि गरेका छौं , युवाहरु आउनुहोस् यस्ता अभियानमा जोडिएर काम गरौं । हामी उपमहानगरपालिकाले त्यति ठुलो सहयोग गर्न नसकेपनि केही रोजगारमुखी कार्यक्रम पनि ल्याउने तयारी गरीरहेका छौं । लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि कार्यदल गठन गरेर अघि बढ्ने तयारीमा पनि छौं’ मेयर साम्पाङले थपे ।
लागूऔषधविरुद्ध अभियान चलाइरहेका युरेका आवासीय माविका सहायक प्रिन्सिपल समेत रहेका सुदीप यल्मोले मेयर साम्पाङको अभियान अत्यन्तै राम्रो रहेको र धराने जनताले समेत साथ दिँदा खुशी लागेको बताए । ‘राम्रो साथ र समर्थनका साथ काम गरेको देखें’, उनले भने, ‘यसका लागि उपमहानगरपालिकाले थप मजबुत कार्यक्रम ल्याएर धरानलाई दुव्र्यसनमुक्त सफा सुन्दर शहर बनाउन बनाउन सकिन्छ’ यल्मोले भने