राजनीतिसमाचारहेडलार्इन

धरानका मेयर हर्क साम्पाङलाई रवि लामिछानेले कार्यालयमै आएर भेटे

[mashshare]


धरान,koshipost.com

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राई लाई रबि लामिछानेले कार्यालयमै आएर भेटेका छन् । सञ्चारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराएपछि रवि लामिछाने यतिबेला देश दौडाहामा लागेका छन् । झापामा कार्यक्रम सकेर फर्कने क्रममा शुक्रबार लामिछानेले धरान नगर प्रमुख राईलाई कार्यकक्षमै आएर भेटेका हुन् ।


लामिछाने मेयर साम्पाङलाई शुभकामना दिन धरान उपमहानगरपालिका पुगेको उनको सचिवालयले जनाएको छ । ‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको हुँ । खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो । तर सकिएछ । जनताको एकदम अपेक्षा छ तपाईसित, राम्रो गर्नुहोला । सहकार्य जारी रहनेछ,’ भेटका क्रममा लामिछानेले साम्पाङलाई भने ।


उनीहरुबीच उपमहानगर प्रमुखको कार्यालयमा शुक्रबार बिहान भेट भएको थियो । साम्पाङ र लामिछानेबीच भेट भएको स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिए । उनले दुवै नेताको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।


लामिछाने चुनाव चिह्न घण्टी बोकेर अहिले पार्टी निर्माण अभियानमा छन् । झापाको काकडभिट्टापछि अभियान लिएर रवि धरान आइपुगेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा मेयर राईले धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट ठूला दललाई पराजित गर्दै निर्वाचित भएका थिए । लामिछानेले केही समयअघि सञ्चारकर्म छाडेर पार्टीमा प्रदेश गरेको घोषणा गरेका थिए । लामिछाने आउँदो संघको निर्वाचनमा काठमाडौंबाट चुनाव लड्ने तयारीमा छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button