
धरान,koshipost.com
धरानमा जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम हुने भएको छ । नेपालका जनपक्षीय तथा परिवर्तनकारी सांगीतिक अभियानका उज्ज्वल क्षेत्र जेबी टुहुरे (जुठ बहादुर खड्गी)को प्रथम स्मृतिको सन्दर्भमा कार्यक्रम हुने भएको हो । धरानको भानु चौकमा यही भदौं गते शुक्रबार जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान २०७९ भव्यरुपमा हुने भयको छ ।
२००१ सालमा धरानको साविक वार्ड नम्बर ३ मा टुहुरेको जन्म भएकोे जानकारहरु बताउँछन् । धरानमा जन्मिएका टुहुरेको प्रथम स्मृति दिवस धरानमै मनाउन लागिएको आयोजक जेबी टुहुरे फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले बताईन् । कार्यक्रमको सह आयोजकको रुपमा खड्गी समाज , धरान र धरान संगित प्रतिष्ठान रहेका छन्।
२०३३ सालमा धरानको भूतपूर्व सैनिक विश्राम भवनमा पहिलो पटक आमा दिदी बहिनी हो कति बस्छौे दासी भई चोखो सधै प्यासी बनेर भन्ने बोलका गीत लगायत आधी खोलाईले मलाई रुईरहने बनायो साहुको जालैले , बसाई हिड्ने तातीले,छोराहरु छोरीहरु हो,दुःखको बोझ बिसाउन चौतारी बनाऊ है जस्ता दजानै जनगीतहरु गाएका टुहुरेले थिए ।
भानुचोकको खुला ठाउँमा आयोजना गरिने सो कार्यक्रममा टुहुरेको सम्झना र योगदानलाई नयाँ पुस्ता माझ पुर्याउने उदेश्यले ख्याति प्राप्त गायकहरुले टुहुरेकै आवाजका विभिन्न गीत गाउनेछन्।, सोही दिन एकजना वरिष्ठ गायकलाई रु १ लाखको ‘जेबी टुहुरे श्रष्टा सम्मान (२०७९ ‘ वाट विभुषित समेत गरिने जनाइएको छ ।
कार्यक्रममा वरिष्ठ गायक शम्भु राई, नन्दकृष्ण जोशी, जीवन शर्मा, दीप श्रेष्ठ , भीषण मुकारुङ, चेतन सापकोटा , बाबु बोगटी, प्रश्ना शाक्य, हर्सु राई , रुपकचन्द्र डोटेल , सविन लिम्बु , आकाश थापा , साजन राई , दुर्गा परियार , सञ्जय तुम्रोक , प्रशान्त शर्मा , प्रदेश लिम्बु , जितेन्द्र चौधरी , गंगा राई , कृष्णराजा श्रेष्ठ लगायतले टुहुरेकै आवाजका चर्चित गीत प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक योजना मन्त्री इन्द्र आङ्बोसहित विभिन्न दलका प्रतिनिधिको समेत उपस्थिति रहने आयोजकको भनाई छ ।
https://www.youtube.com/watch?v=CltVH6T_ybE&t=8s