अब धरानमा अनलाइनबाटै घर नक्सा पास गर्न सकिने

धरान,koshipost.com
सुनसरीको धरान उपमहानगरपालिकाले अनलाईनबाटै घर नक्सा पास गर्न शुरु गरेको छ । धरानमा पहिलो पटक डिजिटल घर नक्सा प्रमाणपत्र धरान(११ निवासी देवराज पोख्रेललाई वितरण गर्दै नगर उपप्रमुख अइन्द्र विक्रम बेघाले अनलाईनबाटै नक्साको काम शुरु भएको बताएका छन् ।

कागतजात बिहिन उपमहानगरको अवधारणा अनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम ९ईभीपिएस० कार्यान्वयनमा ल्याएसँगै अनलाइनबाटै नक्सा पास शुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । ईभीपिएस सफ्टवेयर प्रयोग गरी सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत नक्सा शाखामा पठाउन सक्नेछन्।् यसपछि उपमहानगरले अनलाइनबाटै निवेदन स्वीकृत गर्ने बताईएको हो ।
पहिलो पटक डिजिटल घर नक्सा प्रमाणपत्र धरान(११ निवासी देवराज पोख्रेललाई वितरण गर्दै नगर उपप्रमुख अइन्द्र विक्रम बेघाले छिटो(छरितो सेवा प्रवाहको साथै नगरबासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको जानकारी दिए । यो प्रणाली अनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिने जस्ता सम्पूर्ण काम अनलाइनबाटै हुने भएको छ । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बहानाबाजीलाई निरुत्साहित गराउने उपमहानगरको विश्वास छ ।