Uncategorizedसमाचारसूचना प्रबिधिहेडलार्इन

प्रेस सेन्टर नेपालको रामधुनी पालिकामा निश्चल सुवेदीको अध्यक्षतामा पालिका कार्यसमिति गठन

रामधुनी,koshipost.cm

सुनसरी जिल्लाको रामधुनी पालिकामा प्रेस सेन्टर नेपालले निश्चल सुबेदीको अध्यक्षतामा पालिका कार्यसमिति गठन गरेको छ । शुक्रबार सम्पन्न दोश्रो नगर सम्मेलनले निस्चल सुवेदीलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा कुनिता राई,सचिवमा कृष्ण बिष्ट, कोषाध्यक्षमा सजिना चौधरी चयन भएका छन । त्यस्तै समितिको सदस्यहरुमा सचिन निरौला, प्रसुना पौडेल, राजीव श्रेष्ठ, सरोज चौलागाई, भुमिका खतिवडा, दीक्षा न्यौपाने र श्रेया तिमिल्सिना रहेका छन् ।

नव निर्वाचित कार्य समितिलाई प्रमुख अतिथि प्रेस सेन्टर नेपाल केन्द्रीय समितिका उप९महासचिब राजन केडि,केन्द्रीय सदस्य अर्जुन शर्मा, माओवादी केन्द्रका प्रदेस न।१ का उपाध्यक्ष शिव कुमार डागी, रामधुनी नगरका अध्यक्ष बलराम चौलागाई, अखिल क्रान्तिकारीका नेता अर्जुन पौडेल लगायतले अबिर लगाएर बधाई दिए । माओवादी केन्द्रका प्रदेस उपाध्यक्ष डागिले पत्रकारिताको माध्यमबाट राज्यको आँखा नपुगेको ठाउमा आँखा देखाई दिने काम गर्न नवनिर्वाचित कार्यसमितिलाई शुभ–कामना दिएका थिए ।

रामधुनी नगर अध्यक्ष चौलागाईले पत्रकारहरुले समाज र जनतालाई सहि सुचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए । सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीकोे अध्यक्षतामा भएको कार्यक्रम सेन्टरको सह–सचिव मनोज निरौलाले संचालन गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button