समाचारसमाजहेडलार्इन

बिराटनगरका औषधी व्यवसायी र डाक्टरलाई धम्की दिएर पैसा लिने युवा समातिए


विराटनगर,koshipost.com

विराटनगरका औंषधी व्यवसायी र डाक्टरलाई धम्की दिएर पैसा लिने युवा पक्राउ परेका छन् । औषधी व्यवसायी तथा डाक्टरहरुलाई धम्की दिदै डरत्रास देखाएर रकम असुल गर्ने एक युवा पक्राउ परेको हो ।


जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर ३ का ३३ वर्षीय विजय दाहाल पक्राउ परेका हुन् । उनले विराटनगर क्षेत्रमा विभिन्न औषधीव्यवसायी तथा मेडिकल डाक्टरहरूलाई धाक धम्की तथा डर त्रास देखाएर रकम असुल गर्ने गरेका थिए ।
१ नम्बर. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आज (मंगलबार) दाहाललाई पक्राउ गरेको हो ।

उनलाई मोरङ जिल्ला अदालतबाट अपराधिक लाभ कसूरमा दिन ३ दिनको म्याद थपेर थप अनुसन्धान कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button