समाचारस्वास्थ्यहेडलार्इन

दुर्घटनामा परी १६ जना यात्रुको मृत्यु , घाइतेको उचित उपचारको व्यवस्था गर्न एमालेको माग

[mashshare]

बारा,koshipost.com

दुघट्नामा परी १६ जना यात्रुको मृत्यु भएको छ । बारा जिल्लाकोे जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्ज सडक खण्डमा बस दुघट्ना हुदाँ १६ जना यात्रुको मृत्यु भएको हो ।

दुर्घटनाप्रति नेकपा एमालेले दुस्ख व्यक्त गरेको छ । दुर्घटनामा परी १६ जना यात्रुकोे मृत्यु भएको घटनाको यस दुखद घडीमा मृतकहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामनाका साथै उचित उपचारको व्यवस्था गर्न माग समेत गरेको छ ।


केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चाडबाडका बेला दुर्घटना न्यूनीकरण गर्न विशेष ध्यान दिनुपर्नेमा त्यसो हुन नसकेकाले यति ठुलो मानवीय क्षति भएको छ । सडकलाई सुरक्षित बनाउन यस्ता दुखद घटनाबाट पाठ सिक्दै आवश्यक काम गर्न हाम्रो पार्टी सरकारी निकायहरूको ध्यानाकर्षण गराउन चाहन्छ ।’

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button