
ईटहरी,koshipost.com
ईटहरीका द्वारिकलाल चौधरी फेरि चर्चामा आएका छन् । माओवादी केन्द्रमा प्रवेश गरे सगंै भ्रष्टाचार, कमिशन बिरुद्ध लाग्छु भन्दै शुक्रबार आफ्नै निवासमा शुभकामना आदान प्रदान कार्यक्रममा बोलेपछि चौधारी चर्चामा आएका हुन् । अघिल्लो स्थानीय निर्वाचन २०७४ मा ईटहरी उपमहानगरपालिकाका मेयर बनेर भ्रष्टाचार, कमिशन बिरुद्ध विबादिद् बनेपछि चौधारी देशभर चर्चामा थिए ।

ईटहरी उपमहानगरका निवर्तमान मेयर चौधरीले नेकपा एमाले पार्टी परित्याग गरी यही असोज १६ गते नेकपा माओवादी केन्द्रमा प्रदेशका गरेका हुन् । पार्टी प्रदेश गरेपछि नेकपा माओवादी पार्टीले संग निकट दिने कुरा चलेपछि ईटहरी २० आफ्नै निवासमा दसैं तिहार ,छठ तथा अन्य जातिय पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी भव्य खान्तेपिन्ते समेत गराएका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले पार्टीका नेता तथा कार्यकर्ता बाहेकका अन्य सबै पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो सहभागीता रहेको थियो । कार्यक्रममा १ नम्बर प्रदेश उप सभामुख सरस्वती पोखरेल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य किरण कुमार राई , निर्मल बराल ,प्रदेश सांसद उमिता बराईली , नेकपा माओवादी केन्द्रका केन्द्रिय , प्रदेश , जिल्ला तथा स्थानिय नेता तथा कार्यकर्ताहरुको घुइचो लागेको थियो ।
ईटहरी उपमहानगरपालिकाका बिभिन्न पार्टीका नेताहरु , वडाका वडासदस्यहरु , धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघा लगायतले चौधारीलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । शुभकामना मन्तव्यमा राख्ने क्रममा कांग्रेस नेताहरुले आफ्नो पार्टी संग गठबन्धन भएकाले नेकपा माओवादी केन्द्रले टिकट दिए द्वारिकलाल चौधरीलाई जिताउन दिलो ज्यान दिएर आफुहरु लागि पर्ने बताए ।
स्थानीय जनताको उल्लेखिय सहभागीता रहेको उक्त कार्यक्रममा अधिकांश बक्त्ताहरुले द्वारिकलाल जुनसुकै पार्टीमा रहेपनि जनताले साथ दिने र पार्टीले टिकट दिए ईटहरीबाट चौधारीलाई जिताउने विश्वाश व्यक्त गरेका छन् ।