
धरान,koshipost.com
सुनसरीको धरानमा अवस्थित इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट द्धारा ३ हप्ते कलिनरी वर्कसप तालिम संचालन हुने भएको छ । कलेजले यही कात्तिक २२ गते मंगलबार देखि ३ हप्ते वर्कसप संञ्चालनमा गर्ने भएको हो । आईतबार पत्रकार सम्मेलन गरी तालिम हुने कलेजले जानकारी दिएको छ । होटल म्यानेमेन्ट अध्ययान गर्ने विद्यार्थीहरुका लागि यस्ता वर्कसप अवसरको रुपामा ल्याईने गरेको पत्रकार सम्मेलनमा कलेज निर्देशक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
२०६३ सालमा स्थापना भएको कलेजले हाल सम्म ३ सय विद्यार्थीलाई दिक्षित बनाईसको छ । यस कजेलमा अहिले १० औं ब्याच का ४२ जना विद्यार्थी अध्ययानरत छन् । कलेजले अहिले गर्न लागिएका जस्ता वर्कसप प्रत्येक ६ महिना संचालन गदै आएको निर्देशक श्रेष्ठले जानकारी दिए । वर्कसापको प्रशिक्षक स्विजरल्याण्डका executive chief सेफ Gunther knotz आउने भएका छन् ।
यस कलेजमा अध्ययान सकेका विद्यार्थीहरु विभिन्न देशमा जस्तै माल्दिभस,युएई,चिन,माल्टा,पोर्चुगल र अक्ष्टेलिया लगायतका देशहरुमा अध्ययान संग संगै रोजगारमा पुगेको कलेज निर्देशक श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।