समाजहेडलार्इन

धरानमा लागूऔषधसहित ६ जना युवा पक्राउ

धरान,koshipost.com
धरानमा लागुऔषधसहित ६ जना युवा पक्राउ परेका छन् । बुधबार अस्थायी प्रहरी पोष्ट विजयपुर धरानबाट खटिएको प्रहरीको टोलीले धरान उपमहानगरपालिका–१४ का २१ वर्षीय रन्जित तामाङ, १९ वर्षीय नेल्शन याक्खा, २० वर्षीय शाहील भण्डारी र १९ वर्षीय शेखर परियारलाई प्रतिबन्धित लागूऔषध स्पास्पेन–२४८ ट्याब्लेट र ट्रामाडोल– ३३० ट्याब्लेटसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।


यस्तै, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान–५ का २६ वर्षीय अमन राई र धरान–३ का ३४ वर्षीय मनकुमार श्रेष्ठलाई ट्रामाडोल– ६०३९ ट्रयाब्लेट, स्पास्पेन–४१४० ट्याब्लेट, डाइजेपाम– १५६ एम्पुल र नगद ६५ हजार ९ सय ४४ रुपैयाँ सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मनकुमारको घरकोठामा लागूऔषध लुकाइछिपाइ राखेको सूचनाको आधारमा घर खानतलासी यतिका मात्रामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
निम्नः–
(क) जिल्ला सुनसरी धरान महानगरपालिका वडा नं. ३ सदन रोड बस्ने वर्ष ३४ को मन्त्री भन्ने मनकुमार श्रेष्ठ ।
(ख) जिल्ला सुनसरी धरान महानगरपालिका वडा नं. ५ देउराली सिरान बस्ने वर्ष २६ को अमन राई ।
(ग) जिल्ला सुनसरी धरान महानगरपालिका वडा नं. १४ विजयपुर बस्ने वर्ष २१ को रञ्जित तामाङ ।
(घ) जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १४ दुईधारे बस्ने वर्ष १९ को नेल्शन याक्खा ।
(ङ) सोही वडा बस्ने बर्ष २० को शाहिल भण्डारी ।
(च) सोही वडा बस्ने बर्ष १९ को शेखर परियार ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button