
धरान,koshipost.com
सुनसरीको धरानमा ३ दिने धरान उत्सव शुरु भएको छ । धरान स्थापना दिवसको अवसर पारेर धरान उपमहानगरपालिकाले ३ दिने धरान उत्सव कार्यक्रमको आयोजना गरेको हो ।
धरान १२ स्थित पब्लिक हाई स्कुलको मैदानमा उत्सव संचालन भईरहेको छ । उत्सवको उद्घाटन सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा सदस्य अशोककुमार राईले पानसमा दिप बालेर गरेका थिए । उत्सवमा धरानका भिभिन्न जातजाती र संघ संस्थाका मानिसहरु वृहत ¥यालीका साथ आदिबासी जातजातिहरुको मौलिक साँस्कृतिक झाँकीसहित सहभागिता भएको थियो ।

उद्घाटन समारोहलाई संघीय सांसद राई, प्रदेश सभा सदस्य रमेश बस्नेत, पुर्वप्रदेश प्रमुख डा।गोवन्द सुब्बा र राजनीतिक दलहरुकोतर्फबाट नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले सम्बोधन गरेका थिए । वक्ताहरुले धरानको समग्र विकास र उन्नतिको लागि एकले अर्काको अस्तित्व स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले पनि सम्बोधन गर्दै सहकार्य गरेर अघि बढ्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्था, व्यक्तिहरुलाई सम्मान गरिएको थियो । उदुघाटनको पहिलो दिन लाईभ लोकदोहोरीको समेत आयोजना गरिएको थियो । ३ दिन सम्म संचालन हुने धरान उत्सवमा ७० भन्दा बढी स्टलहरु राखिएको छ । स्टलहरुमा विभिन्न घरेलु उद्योगको उत्पादनहरु बिक्री तथा प्रर्दशनीमा छन् भने विद्यार्थीहरुको शैक्षिक प्रर्दशनी पनि भइरहेको छ । यस्तै, नर्सरीहरुले फुल बिक्रीमा राखेका छन् भने नेवारी, किराती जातिय परिकारहरुको पनि स्टल राखिएको छ ।