
धरान,koshipost.com
राष्ट्रिय भुकम्प सुरक्षा दिवसमा यति विमान दुघ्टनाका मृतकप्रति धरानमा पनि दिप प्रजलन गरी श्रद्धाञ्जली गरिएको छ । हरेक बर्ष माघ २ गते राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइदै आएको भएतापनि यस पटक भने पौष १ गते आईतबार बिहान काठमाण्डौंबाट पोखरा उडेको यति विमान दुघ्टनामा परी ७२ जनाको मृत्यु भएपछि धरानमा दिप प्रजलन गरिएको हो । धरानमा २०४५ सालको भुकम्पले धेरै धनजनको क्षति पुगेकोले यो आजको दिनलाई दिवसको रुपमा महत्वका साथ मनाउदै आएकोमा यस पटक भने पोखरामा ७२ जनाले विमान दुघ्टनामा परी ज्यान घुमाएको भन्दै उनीहरुको नाममा श्रद्धाञ्जली दिदै दिप प्रजलन गरिएको छ ।

धरानमा सोमबार साँझ भानुचोकस्थित घण्टाघर भित्र रहेको भुकम्प स्मारकमा दिप प्रज्वलन गरेर मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु दिप प्रज्वलन कार्यक्रममा सहभागी भई विमान दुर्घटनाका मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
मेयर साम्पाङले संक्षिप्त सम्बोधन गर्दै विमान धेरै दुर्घटना हुने गरेकाले सम्बन्धिन निकायले अध्ययन गरेर पुराना विमानहरु विस्थापित गर्नुपर्ने बताए । आउदा दिनहरुमा यस्ता दुःखत घटना हुन नदिन सुरक्षा उपायहरु अपनाउनुपर्ने मेयर साम्पाङको भनाई थियो । भुकम्प, विभिन्न दैवीप्रकोप, दुर्घटनाहरुमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुःखद घटना नदोहोरिन भन्ने कामना सहित सबैले जिम्मेवारीका साथ काम गर्नु पर्नेमा मेयर साम्पाङले जोड दिएका थिए ।