समाचारसमाजहेडलार्इन

जेलमा फसेका श्रीमान्लाई निकाल्न मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोप लागेकी शान्ता खड्कालाई ७ दिनको म्याद थप

[mashshare]

धरान,koshipost.com
महिला सञ्जालको नाम लिँदै विभिन्न घटना मिलाइदिने तथा आफू महिला अधिकारकर्मी बताउँदै पैसाको बार्गेनिङ गर्ने गरेको आरोप लागकी धरान (१४ विजयपुर बस्ने ४७ वर्षीय शान्ता खडकालाई प्रहरीले ७ दिनको म्याद थप गरेको छ ।


बुधवार गरिएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालयका प्रमुख बुद्ध श्रेष्ठले ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । कारागारमा रहेको थुनुवा छुटाई दिने आश्वासन दिएर आपराधिक लाभ लिई ठगी गरेको आरोपमा प्रहरीले शान्ता खडकालाई पुस ३० गते शनिवार उनकै घरबाट पक्राउ गरेको थियो ।


खड्काले जबरजस्ती करणी सम्बन्धी मुद्दामा सुनसरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि हाल झुम्का काराकारमा रहेका अनीश चौधरीलाई मुद्दा फैसला हुँदा छुटाई दिन्छु भनी अनीश चौधरीको श्रीमती रविना चौधरी सँग दस लाख रकम माग गरेको तथा मोलमोलाइ गरेर तिन लाख पचास हजार लिएर ठगी गरेको आरोपमा जाहेरी परेको प्रहरीले जानकारी प्रहरीले दिएको छ ।


खड्कालाई सुनसरी जिल्ला अदालत गत पुस ८ गते पक्राउ अनुमति लिई पक्राउ गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताए । ७ म्याद थप भई इलाका प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान कार्य भई रहेको श्रेष्ठले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button