अर्थ खबरसमाचारस्थानीयहेडलार्इन

धरानमा पहिलो पटक एक्स्पो कार्यक्रम हुदै (भिडियो सहित)

[mashshare]

धरान,koshipost.com
सुनसरीको धरानमा पहिलो पटक एक्स्पो कार्यक्रम हुने भएको छ । बिहिबार पत्रकार सम्मेलन गदै सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको हो । यही फागुन ११ गते बिहिबारबाट धरानको रङ्गशालामा ‘धरान एक्स्पो २०७९’ मेला लाग्ने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । सो एक्स्पोमा दैनिक घरायसी काम, भान्सामा चाहिने प्राविधिक सामाग्री सहित भारत, पाकिस्तान, बङ्गलादेशीमा उत्पादित वस्तुहरू किनमेल गर्न पाइने आयोजकले बताएका छन् । एक्स्पो मेला सुनसरी उद्योग वाणिज्य संघले सञ्चालन गर्ने भएको हो ।


एक्स्पोमा धरान सहित स्वदेशका उत्पादनहरू तथा भवन निर्माण देखी कृषि प्रविधिका औजारहरू पनि व्यापारिक प्रयोजनले प्रदर्शन गरिने छ । १० दिने एक्स्पोमा दैनिक सांस्कृतिक कार्यक्रम, खानपिनका सुविधाहरू समेत रहने पत्रकार सम्मेलनमा बोल्दै संघका सभापति बिजय श्रेष्ठले जानकारी दिए । एक्स्पो सञ्चालन अवधिमा धरानको पर्यटन प्रवद्र्धनका लागि सरोकारवालाहरू टेम्पो चालक, बस व्यवसायी, होटेल रेस्टुरेन्ट सञ्चालकहरूको सहभागितामा पर्यटन सम्बन्धी गोष्ठी हुने समेत सभापति श्रेष्ठले बताए ।


एक्सपोमा धरानको स्थानीय उत्पादन बेसार, मह, अचार देखी ढाका कपडा सहित पूर्वी पहाडी क्षेत्रका कृषि उत्पादनहरू अल्लोको कपडा किनमेल गर्न सकिने छ । कर्णालीको उत्पादन भिर मौरीको मह, मार्सी चामल उपभोक्ताहरूले किनमेल गर्न सक्ने आयोजकको दावी छ ।


एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार बदलिँदो प्रविधि, उत्पादन र बजारीकरणको अनुभूति दिलाउन व्यवसायी तथा उपभोक्तालाई एकै ठाउँमा ल्याउने भूमिका एक्स्पोले खेल्ने छ । प्रदेश १ स्तरीय एक्स्पो भएकाले प्रदेशका ८ जिल्लाका सहभागीता रहने छ । जस्तै, झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरका व्यवासयीहरुको एक्स्पोमा सहभागी हुने आयोजकको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button