कृषीसमाचारहेडलार्इन

ओखलढुंगाका कृषक व्यवसायिक बाख्रापालनमा अघि बढ्दै

ओखलढुंगा,koshipost.com
ओखलढुंगाका किसान व्यवसायिक बाख्रापालनमा जुटेका छन् । उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) बाट आर्थिक तथा प्राविधिक सहयोग पाएपछि बाख्रापालनतर्फ किसानहरु लागेका हुन् ।


जिल्लाका केही किसानले फर्म नै सञ्चालन गरेर व्यवसायिक रुपमा बाख्रापालन थालेका छन् । सिद्धिचरण नगरपालिका वडा नं १० बेतिनीमा रहेको नमुना बाख्रापालन समूहमा आबद्ध २ जना किसानले फर्म सञ्चालन गर्न सफल भएका हुन् । स्थानीय रमेशकुमार धमलालेःहालै समृद्धि बाख्रा फर्म र बुद्धिकादेवी धमलाले आइतबारे बाख्रा फर्म सञ्चालनमा ल्याएका छन् । दुवै फर्म सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले उद्घाटन गरेका थिए । समृद्धि आयोजनाले ३५ हप्तासम्म समूहमा सञ्चालन गर्ने वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमबाट अभिप्रेरित भएर फर्म सञ्चालन गर्न सफल भएको आइतबारे बाख्रा फार्मकी सञ्चालक बुद्धीकादेवी धमलाले बताइन् ।


यहाँको किसान समूहमा समृद्धि आयोजना लागु भएपछि अन्य आधा दर्जन समूह सदस्यले समेत व्यवसायिक फर्म सुरु गर्ने तरखरमा रहेको समूहका अध्यक्ष घनश्याम बाँस्तोलाले जानकारी दिए । समृद्धि आयोजना जिल्लाका ११ वटा समूहमा लागु छ । समृद्धि लागु भएका समूहका किसान व्यवसायिक बाख्रापालनतर्फ जुट्दै आएका छन् । विगत २ वर्ष अवधिमा समूहमा दोब्बर संख्यामा बाख्रा वृद्धि भएको नमुना बाख्रापालन कृषक समूहका सचिव ज्ञान नारायण श्रेष्ठले बताए ।


समृद्धि आयोजना लागु भएपछि यहाँका विपन्न किसानमा व्यवसायिकता देखिँदै गएको छ । समृद्धिले किसान समूहमा नश्ल सुधार, खोर सुधार, घाँस खेती वित्तीय तथा प्राविधिक शिक्षा तालिम, बजार सञ्जाल विस्तार लगायतका क्षेत्रमा काम गरिरहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button