
धरान,koshipos.com
प्रदेश १ स्तरीय सम्पन्न भएको छ । धरानमा भएको प्रदेश १ स्तरीय बाीकेटबलमा धरानका मेघा कलेजले उपाधी प्राप्त गरेका छन् । प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधि मेघा हिमालयन कलेजले जितेका छन् ।

धरान बास्केटबल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा भइरहेको प्रतियोगिताको धरान उपमहानगरपालिका प्रमुख मेयर हर्कराज साम्पाङ राई प्रमुख अतिथि थिए । कार्यक्रममा बोल्दै मेयर साम्पाङले धरान शिक्षा, स्वास्थ्य र खेलकुदमा कहलिएको सहर भएको बताउँदै बास्केटबल खेलले धरानलाई चिनाउन सहयोग गरेको बताए । उनले नेपालमै पहिलोपटक धरानदेखि बास्केटबल खेल्न थालेको जानकारी पाएको समेत बताए ।
प्रतियोगिताको फाइनल खेलमा छात्रातर्फ सियोन स्कुललाई २९–११ र छात्रातर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरीलाई ४२–३९ अंकले पराजित गर्दै धरान मेघाले उपाधिमाथि कब्जा जमाएको हो ।धरान मेघाले उपाधिसँगै छात्रतर्फ नगद ३० हजार र छात्रातर्फ २० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी छात्रतर्फका उपबिजेता राष्ट्रिय जनसहयोग कलेजले नगद २० हजार, छात्रातर्फको उपबिजेता सियोन स्कुलले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल बनेको छ । उनीहरुलाइ कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, अल्फा बिटा कोयला एजुकेसनका अध्यक्ष लोकेन्द्र श्रेष्ठ , म्यानेजिङ डाइरेक्टर सञ्जीव बान्तवा राई, बास्केटबल संघका कोषाध्यक्ष गौरव श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

फाइनल खेलमा छात्रातर्फ सहज जीत निकालेका धरान मेघा र सियोन स्कुलले प्रत्येक क्वाटरमा ३–१, ६–४, ८–० र १२–६ अंक जोडेका थिए । पुरुषतर्फ अत्यन्त प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा धरान मेघा हिमालयन र राष्ट्रिय जनसहयोगले १३–१२, १३–७, ७–१४ र ९–६ अंक जोडेका थिए । फाइनल खेलमा धरान मेघाका सितल तामाङले १० र धरान मेघाका युवाहाङ राइले १९ अंक जोडे । प्रतियोगिताको फाइनल खेल प्रमुख अतिथी मेयर हर्कराज साम्पाङ राईले बास्केटबल सट गरेर गरेका थिए । उनले एकै सटमा बास्केटबल रिङमा बास्केट गरे पछि फाइनल खेल प्राविधिकहरुले शुरु गरेको थियो ।