
धरान,koshipost.com
२३ औं बुढासुब्बा गोल्कपको तयारी पुरा भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी आयोजक तयारी पुरा भएको जानकारी दिएको हो । बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करणमा विदेशी खेलाडीले समेत प्रतियोगीतमा भाग लिने आयोजक समितिका अध्यक्ष किशोर राई जानकारी दिए ।
गोल्कप धरान १६ स्थित रंगशालामा हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ । रंगशालामा शुक्रबार पत्रकार सम्मेलन गर्दे क्लबका अध्यक्ष किशोर राईले उद्घाटन समारोहको प्रमुख अतिथि धरानको मेयर हर्कराज राई (साम्पांग) हुने जानकारी दिएका छन् । उद्घाटन समारोहमा ब्रिटिश गोर्खा ब्रिगेड ब्याण्डको ९० जनाको टोलीले बिशेष प्रस्तुती दिएर भव्यता प्रदान गर्ने समेत क्लबले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान र युके एफसि भारतबीच हुने छ । प्रतियोगितामा आयोजक धरान, युकेएफसि भारत, केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा र एन्फा मोरङ गरी जम्मा ८ टिमको सहभागीता रहने छ । आयोजकका अनुसार यस वर्ष देखि कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरुको सबै जानकारी दिइने पनि आयोजक समितिका अध्यक्ष किशोर राई जानकारी दिए ।
गोल्कप हेर्न आउने ६५ बर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरु र अपांग बालबाालिकाहरु आए निःशुल्क प्रवेश गर्न दिइने आयोजकले जनाएको छ । फागुन १३ गते बाट शुरु भएको गोल्व्कप फागुन २० गते सम्म संचालन हने छ । प्रतियोगिताको फाइनल विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछन भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार उपलब्ध गराईने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने आयोजक समितिका अध्यक्ष राईले जानकारी दिए