समाचारस्थानीयहेडलार्इन

धरान एक्स्पोमा स्वरोजगार गोष्ठी आयोजना हुँदै

धरान,koshipost.com

धरान एक्स्पो २०७९ मा स्वरोजगार गोष्ठी आयोजना हुने भएको छ । सुनसरी क्षेत्रको व्यवसायीक प्रवद्र्धन गर्ने उद्देश्यसहित सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको एक्स्पोअन्तर्गत सञ्चालन हुने गोष्ठीमार्फत नेपालमा विद्यमान रहेको बेरोजगारी, त्यसको समाधान र उद्यम विषयमा जानकारी प्रदान गर्न लागिएको हो ।


एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार गोष्ठी उद्योग वाणिज्य संघको सभाहलमा शनिबार ९आज० बिहान ११ बजे सुरू हुनेछ । सहभागीलाई सहजकर्ताले बेरोजगारी, देशको आर्थिक अवस्था, कम लागतमा सञ्चालन गर्न सकिने साना उद्योग, लगानी, उद्योग सञ्चालन विधि, आइपर्ने समस्या, समाधान, बजारीकरण, व्यवस्थापन लगायतका विषयमा जानकारी दिनुहुनेछु संयोजक श्रेष्ठले भने, ुधरानमा आयोजना भएको हिसाबले उपमहानगरका प्रत्येक वडाबाट दुई(दुई जना प्रतिनिधि सहभागी उपस्थित हुन पत्राचार गरेका छौँ । गोष्ठीमा वहाँहरूको सक्रिय सहभागिता रहनेछ ।


रैथाने उत्पादन, कृषि, पर्यटन, साहित्य, उद्योग, शिक्षा, सुचना प्रविधि, कला संस्कृतिलाई विशेष प्राथमिकता दिइएको एक्स्पोमा व्यवसायीक प्रवद्र्धनलाई सहयोग हुने विभिन्न गोष्ठी आयोजना हुने तालिका रहेको छ । स्वरोजगार गोष्ठीबाहेक धरान एक्स्पोमा पर्यटन र खानेपानी समस्या समाधानका विषयमा गोष्ठी आयोजना हुँदैछ । फागुन ११ बाट धरान रङ्गशालामा सुरू भएको एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button