खेलकुदसमाचारहेडलार्इन

२३ औं संस्करण अन्तराष्ट्रिय बुढासुब्बा गोल्कप शुरु, धरान फुटबल क्लबलाई जित्दै खर्साङ सेमीफाइनलमा उद्घाटन (भिडियोसहित)

[mashshare]

धरान,koshipost.com

२३ औं संस्करण अन्तराष्ट्रिय बुढासुब्बा गोल्कप धरानमा शुरु भएको छ । शनिबार देखि बुढासुब्बा फुटबल खेल शुरु भएको हो । धरान फुटबल क्लबलाई जित्दै खर्साङ सेमीफाइनलमा प्रवेश गरेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर साम्पाङले खेलकुदलाई व्यवसायिक बनाउन पहल गर्ने बताए । उनले खेलकुदको विकासका लागि राज्यले ध्यान दिनुपर्ने समेत बताए । ‘अहिले खेल खेलेर चुलो नबलने अवस्था छ’, उनले भने, ‘त्यसको लागि राज्यले यसतर्फ ध्यान दिनुपर्छ ।’


उनले स्थानीय सरकारले आगामी वर्षमा अझै बजेट बढाएर भरपुर सहयोग गर्ने बचन पनि दिए । उनले धरान फुटबल क्लब उपमहानगरपालिकाले आयोजना गर्नुपर्ने भन्दै वडाध्यक्ष, कार्यपालिका सदस्यहरु सकारात्मक रहेको समेत उनले बताए । उद्घाटन कार्यक्रममा बोल्दै धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले फुटबल खेल खेलिसकेपछि खेलाडीले जीवनयापन गर्न सक्ने हैसियत बनाउन सबैपक्ष लाग्नुपर्ने बताए ।


खेलको पहिलो दिन धरान फुटबल क्लब ५–३ गोल अन्तरले बाहिरिएको छ । पाहुना टोली युकेएफसी भारतको खर्साङसँग पेनाल्टीमा ५–३ गोल अन्तरले पराजित भएको हो । निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । जीतसँगै खर्साङ सेमिफाइनलमा प्रवेश गरेको छ ।


टाइब्रेकरमा धरानका रिवस मास्केको प्रहार खार्साङका गोल किपर मनोज प्रधानले रोकेका थिए । खार्साङका आकाश प्रधान, सुब्रतो सोरेन, सिद्धान्त क्षेत्री, साहिल साही र क्याप्टेन राज राउतले गोल गर्न सफल बने भने धरानका दोर्जे शेर्पा, मदन लाबुङ र रोमन लिम्बूले गोल गरेका थिए ।


खेलको म्यान अफ द म्याच खर्साङका गोल किपर मनोज प्रधान घोषित भए । उनलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो । उदघाटन खेलको म्यान अफ द म्याचलाई द ब्याण्ड अफ ब्रिगेड गोर्खाले २५ हजार रुपैयाँ पुरस्कार दिएको थियो भने नगद १० हजार धरान फुटबल क्लबले प्रदान गरेको थियो ।


प्रतियोगिताको दोस्रो दिन आईतबार अफ्रिकन क्लब एभिनियर एफसी र बागमती युवा क्लब बीच हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता फागुन १३ गतेदेखि शुरु भएको प्रतियोगिता २० गतेसम्म धरान रंगशालामा हुनेछ । प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button