
संखुवा koshipost.com
संखुवासभामा नेकपा एमालेले मिसन ग्रासरुट अभियानलाई तिब्र बताएको छ । अभियानको क्रममा एमालेका केन्द्रीय प्रतिनिधिह?लाई खानेपानीको समस्या समाधान गर्न नागरिकहरुले आग्रह गरेका छन् । गाउँका समस्यालाई सम्बोधन गर्न स्थानीयको माग छ । संखुवासभाको सभापोखरी पुगेकी नेकपा एमालेकी केन्द्रीय सदस्य विष्णुमाया विकलाई कार्यकर्ता तथा नागरिकहरुले दुर्गम बस्तीहरुमा खानेपानीको समस्या रहेको गुनासो सुनाए । गुनासोलाई स्थानीय तहबाट सम्बोधन हुने बिषय, जिल्ला तह, प्रदेश तह र संघीय सरकारको तहबाट सम्बोधन हुने बिषयहरुलाई प्राथमिकीकरण गरेर टिपोट गर्ने गरिएको बिकले बताईन् ।
शुरुका दिनमा जिल्ला स्तरीय भेलाबाट पालिकाको योजना बनाएको बताएकी बि.क.ले पालिका तहको भेलाहरु भईरहेको जानकारी दिईन् । ‘पालिकाको भेलाहरुले वडा तहको योजना निर्माणको काम शु? भएको छ, उनले भनिन्, ग्रास रुटमा निक्कै समस्याको चाङह? देखिएका छन्, सबै पालिकामा पुग्दा त्यसको प्राथमिकीकरण हुुनेछ ।’ शुरुमा जिल्ला कसमटिको बैठक राखिएको थियो, कार्ययोजना बनाईएको उनले बताईन् । पालिका कमिटिह?को बैठक चलिरहेकोमा खाँदबारी, सभापोखरीमा बैठक सकिएको बि.कले बताईन् ।

बिशेषगरी वडा तमा कार्यक्रम लग्ने योजना अनुसार पार्टीका बिचार जनतासम्म पुर्याउन पार्टीको अभियानलाई दुई महिनासम्म गाउँमै बसेर लाग्ने उनको भनाई छ । ‘प्रारम्भिक चरणमा खानेपानीका समस्याह? प्रसस्तै आएका छन्, उनले भनिन्, नागरिकका समस्याह? खोज्दै जाने क्रममा धेरै गुनासा राख्नु भएको छ, हामी अभियानमा हाम्रा कुराह? पनि सुनाउँदै नागरिकका गुनासो टिप्दै हिँडेका छौँ ।’
संखुवाभाको पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, सिलिचोङ गाउँपालिका र खाँदवारी नगरपालिकामा एमालेले विष्णुमायाँ विक र टिकाराम चेम्जोङलाई केन्द्रीय प्रतिनिधि पठाएको छ भने चैनपुर नगरपालिका, धर्मदेबी नगरपालिका, मादीमा रमेश पौडेल तथा चिचिला, भोटखोला, मकालु गाउँपालिकामा पासाङ शेर्पालाई केन्द्रीय प्रतिनिधि पठाएर अभियान चलाएको छ । विकासका कुराह?, स्थानीय आबश्यकताको कुरालाई दोश्रो चरणमा गम्भीर छलफल हुने अभियानमा खटिएका पासाङ शेर्पाले बताए । ‘कमिटिह?को बैठक, पार्टी कामको तयारीमा ब्यस्त छौँ, उनले भने, जनसंगठनहरुको भेला सकिएपछि प्रशिक्षण हुन्छ, त्यो सकिएपछि जनतासँग अन्तर संवाद हुन्छ ।’
उनले स्थानीय पालिका सभा दल गठन गर्ने तयारी रहेको पनि जानकारी दिए । त्यो सभादलले निर्वाचित जनप्रतिनिधिले गरेको कामको अनुगमन र योजनाको बारेमा पनि चासो राख्ने शेर्पाले जानकारी दिए । अहिले तयारी बैठक र अभिमुखिकरण, प्रशिक्षण र भेला, पालिका सभा दल गठन, सभादल र स्थानीय जनप्रतिनिधिसँग छलफल, दोश्रो चरणको प्रशिक्षण सकिएपछि जनतासँग अन्तरसंवाद हुने शेर्पाले जानकारी दिए । भोलीको दिनमा संभावना बोकेका युवाहरुको नामावली पनि तयारीको काम भईरहेका शेर्पाले बताए ।