
धरान,koshipost.com
कोरोना महामारी पछि पूर्वमा लिम्बु समुदायको मौलिक कथामा आधारित चलचित्र ‘याक्थुङ’ को छायांकन सकिएको छ । लिम्बु भाषा, संस्कार र सस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र भएको निर्माण टिमले बताएका छन् ।
मंगलबार धरानमा पत्रकार सम्मेलन गदै निर्माण टिमले चलचित्रको बारेमा जानकारी दिएका थिए । निर्माण युनिटका केएमडि अर्गानिक ईन्टरटेन्मेन्ट प्रालीको ब्यानरमा नरकुमारी वानेमले (सेन्दाङ) ले निर्माण गरेको फिल्मका निर्देशक दिनेश माङ्मु हुन भने चलचित्रको पठकथा बिष्णु मोक्तान र मदन वानेमले लेखेको चलचित्रका मुख्य कलाकार तथा गायक कुशल थलङले जानकारी दिए ।

लिम्बु समुदायको मौलिक कथा भन्ने युक्पुङले चलचित्रमा पारिवारिक दायित्ववहन गर्ने क्रममा आफ्नो यौवन अवस्थालाई तिलाञ्जली दिन पुगेकी पात्र हाङमतिको जीवनमा एउटा पुरुष पात्रको प्रवेशका कारण सिर्जित संघर्ष र अन्तरद्वन्द्वको प्रेम कथा रहेको थलङले जानकारी दिए । पछिल्लोे समय पश्चिमा संस्कृतिको प्रभावले हाम्रो जात, धर्म र पहिचाननै लोप हुने अवस्थामा पुगेकले हामीले हाम्रै गाउघरको कथालाई दैनिकीलाई टपक्क टिपेर युक्पुङ (बस्ती) चलचित्रको पर्दामा देखाउन खोजिएकोे थलङको भनाई छ ।
यस फिल्म निर्माण गर्द ४५ लाख लगानी भएको निर्माण टिमले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । तेह्रथुमको साभ्ला ,चोत्लुङ पार्क, धनकुटा र बसन्तपुरमा छायांकन गरिएको निर्माण पक्षले सम्मेलनमा जनाएको छ । छायाँकन सकेर अहिले पोस्टप्रोडक्सनको काम भैरहेको ‘युक्पुङ’ १ घण्टा ४० मिनेटको रहेको निर्माण टिमले पत्रकार सम्मेलनमा बताईएको छ ।
नरकुमारी वनेम, दिलु पाङ्मा लिम्बु र इन्दु लावतीको संयुक्त निर्माण रहको यस चलचित्रको सहनिर्मातामा तेज आङ्बुहाङ, पूष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ रहेका छन् ।
चलचित्रमा कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली योङ्हाङ, सागर केरुङ, हिमाल लेछर्बो, मिराक लिम्बूल, प्रेम ओझा, नुनाम केरुङ, कुमार ढकाल, डिबि थेगिम, मदन वनेम, सुलभ नेम्बाङ, टिआर सेनेहाङगायतले अभिनय गरेका छन् ।


