धरान/  २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढसुब्बा गोल्डकपको आय व्यय विवरण सार्वजनिक गरिएको छ । धरान फुटबल क्लबले २४ संस्कारणको प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको हो । प्रतियोगितामा क्लबका कोषाध्यक्ष धनबहादुर राईले आयव्यय प्रस्तुत गरेका थिए । 

Buda Suba Goldcup News Photo

आयतर्फ ७६ लाख २४ हजार ५ सय २८ र व्ययतर्फ ५८ लाख ९५ लाख ६ सय रुपैया आय व्यय विवरण राईले सार्वजनिक गरेका थिए । १७ लाख २८ हजार ९ सय ८५ रुपैया बचत देखिएको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डबाटबाट १५ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट १० लाख रुपैया  प्राप्त  नभए पनि यो रकम सुनिश्चित रकम रहेको क्लबले जनाएको छ ।

गत बर्ष अर्थात २३ औं संस्कारणमा क्लबले १२ लाख रुपैया मात्र बचत गर्न सफल भएको थियो । छोटो समयमा टिमवर्क र खर्च मितव्ययितालाई ध्यानमा राखेका कारण आम्दानी उत्तिनै भएपनि खर्च कटौति हुदा मुनाफा देखिएको क्लबका अध्यक्ष प्रताप तामाङले बताए । विगतका बर्षहरुमा खर्च कटौती गर्न नसकेकै कारण आम्दानी भएपनि थोरै मुनाफा हुने गरेको र यस बर्ष भने पुरस्कारबाहेका अन्य खर्चमा मितव्यायितता अपनाइएको क्लबकका महासचिव नविन राईले बताए । आम्दानी थोरै भए पनि खर्चलाई जति सक्दो घटाउन सकेमात्र मुनाफा बढाउन सकिने महासचिव राईले बताए ।