धरान/ सुनुवार सेवा समाज प्रदेश १ समितिको ऐतिहासिक दोस्रो सम्मेलन यही वैशाख ८ गते धरानमा हुने भएको छ । सुनुवार सेवा समाजले आइतबार पत्रकार सम्मेलन गर्दै बैशाख ८ गते धरान १० स्थित सैनिक भवनमा प्रदेश सम्मेलन हुने जानकारी दिएको हो । समाजकी अध्यक्ष एसा सुनुवारका अनुसार सैनिक भवनमा सम्मेलनको उद्घाटन अघि बिहान ८ बजे धरान १२ स्थित पब्लिक स्कुलबाट वृहत ¥याली हुनेछ । सो ¥याली छाताचोक, माछाभौडी, देशीलाइन, पुतलीलाइन हुदै सैनिक भवनमा पुगेर टुंगिने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएका छन् । 


301237839_775165910202031_1577179248258595507_n

ऐतिहासिक सम्मेलनमा ३ हजारको सहभागिता हुने अनुमान गरिएको आयोजकले जनाएको छ । उद्घाटन सत्रको प्रमुख अतिथि प्रदेशका स्वास्थ्यमन्त्री प्रदिपकुमार सुनुवारलाई ढाकिएको आयोजकले जानकारी दिएका छन् । ऐतिहासिक सम्मेलको दोस्रो दिन बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुने व्यवस्थापन समिति संयोजक टार्जन सुनुवारले पत्रकार सम्मेलनमा जानकारी दिए । 

2,Sunuwar Sewasamaj News Photo

राष्ट्रिय आदिवासी जनजाति उत्थान प्रतिष्ठानमा सुचीकृत ६० आदिवासी जनजातिमध्ये सुनुवार जाति पनि एक हो । सुनुवारहरुको मुलथलो रामेछाप, ओखलढुंगा, सिन्धुली, दोलखा भएपनि पछिल्लो समय प्रदेश १ का १४ वटै जिल्लाहरुमा बसोबास रहेको छ । तर समाजको संस्थागत संगठन भने सोलुखुम्बु, खोटाङ र तेह्रथुमबाहेकका ११ जिल्लामा मात्र रहेको छ । 

जनगणनाको तथ्यांक मान्ने हो भने करिब ८० हजार मात्र सुनुवारहरुको जनसंख्या देखाइएको छ । तर उक्त संख्या यथार्थ नभएको र त्यो भन्दा धेरै संख्या भएको टार्जन सुनुवारको दाबी छ । सुनुवार भाषा बोल्ने संख्या पनि घट्दो दरमा रहेकाले अगुवाहरुलाई चिन्ता बढेको छ । भाषा बोल्ने संख्या करिब ३० हजारको हाराहारीमा मात्र रहेको पनि सुनुवार समाजको आकलन छ । 

दुई दिने कार्यक्रममा ख्याती प्राप्त गायक÷गायिकाहरु सहित ज्योती सुनुवार किशोर सुनुवार वन र सुष्टि हिङमाङको बेजोड प्रस्तुतीको साथमा विभिन्न सिली तथा झाँकीहहरुको प्रदर्शन रहने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।