काठमाडौं/काठमाडौं महानगरपालिका(१४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । नेपाल प्रहरीका अनुसार १ करोड ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको हो । 

आगलागीमा परेर जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बीसीटी १ थान, फ्रिज कम्प्रेशर १ थान जलेर नष्ट भएको छ । यता सप्तरीको सुरुङ्गा नगरपालिका(८ महुलियास्थित एनसेल टावरमा जेनरेटरको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा जेनेरेटर १ थान जलेर करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

301237839_775165910202031_1577179248258595507_n

यसैगरी रामेछापको मन्थली नगरपालिका(१३ देविटार बस्ने कमल राज गिरीको घरमा शनिबार बिहान आगलागी हुँदा भाँडावर्तन, अन्नपात लगायतका सरसमान जलेर करिब करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।