धरान / किरात राई जातिको मुन्दुममा वर्णित ‘खुवालुङ क्षेत्र‘ मा दुस्ख बगाउने धार्मिक विधि सुरु भएको छ । राई जातिको सभ्यता विकासको प्रस्थान विन्दु सप्तकोशी नदी र यसका सहायक नदीका किनारामा बसोबास गर्ने राई समुदायले यो विधि गर्दै, मान्दै आएका छन् । सुनसरी, उदयपुर, धनकुटा, भोजपुर क्षेत्रका किरात राई समुदायमा पितृ उद्धारको कामना गर्दै वर्षभरिका दुस्ख नदीमा बगाउने परम्परा रहिआएको छ । दूधकोशी, सप्तकोशी र कोका खोलामा परम्परागत रुपमा खोला बहाउनी वा दुस्ख बगाउने धार्मिक विधि हुँदै आएको हतुवागढी गाउँपालिका (९ का वडाध्यक्ष सन्जाल वायुङ राईले जानकारी दिए । 

1, pankoj jama

‘वर्ष दिनभित्र मृत्यु भएका परिवारले यस्तो धार्मिक विधि गर्ने परम्परा रही आएको छ,‘ वडाध्यक्ष राईले भने, ‘हतुवागढी हसनपुरका राई समुदायले मूल कोशी दूधकोशीमा पुगेरै दुस्ख बगाउने कर्म गर्दैआएका छन् ।‘ उनका अनुसार आजभोलि कोशीमै जाने क्रम भने हराउँदै गएको छ । पानीका अन्य स्रोतहरूमा नै विधि गर्दा हुन्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । 

दूधकोशी नदीमा हसनपुर हतुवागढी क्षेत्रका राईसमुदायले दुस्ख बगाउने विधि गर्दै आएका छन् भने सप्तकोशी नदीमा मैनामैनीका राई समुदायले यस्तो विधि गर्छन् । यो नदी किनारमा बसोबास गर्ने किरात राई जातिको मुन्धुमी परम्परा हो । खोला बहाउनी गरिसकेपछि मात्रै मृतकका परिवार र आफन्तहरू पूर्ण रूपमा चोखिन्छन् । यसपछि मृतकको आत्मा ‘पितृ‘ (माङ) मा परिणत भएको मानिन्छ र उनलाई घरको मूल चुल्हो (सुप्तुङ) मा स्थान दिइन्छ ।

2 Dil Bahadur Rai 2083 Subhakamana

यस कार्यमा गाउँका भद्रभलाद्मी, नातागोता र धामीरबिजुवा (नाछुङ वा धामी) को उपस्थिति अनिवार्य हुन्छ । उनीहरूले मुन्धुम फलाकेर पितृकार्य सम्पन्न गराउँछन् । कोका तथा सप्तकोशी नदीमा आठपहरियाहरूले पितृ कार्य गर्दै आएका छन् । वर्षभरि मृत्यु शोकमा परेका आठपहरिया परिवारका सदस्यहरू आफ्नो मौलिक वेषभूषामा धनकुटाको महाभारतलगायतका क्षेत्रबाट तीन दिनको पैदल यात्रा गर्दै कोका खोला र कोशीको किनारमा पुग्छन् ।

कोका खोला र कोशीको पवित्र जलमा पुगेपछि मृतकका आफन्त वा मुख्य दुःख बोक्ने (बरखी बार्ने) व्यक्तिहरूले आफ्नो कपाल, दाह्री र जुँगा मुण्डन गर्छन् । मुन्धुमी विधिअनुसार खोलाको बग्दो पानीमा मृतकको नाममा मुन्धुम गरिन्छ । धामी वा नछुङले मृतकको आत्मालाई पितृलोक (साम्खा) तर्फ बिदाइ गर्छन् र जीवित परिवारको शोक, आँसु र दुःखलाई कोशीको पानीसँगै बगाइदिन्छन् । खोलामा चोखिएर दुःख बगाइसकेपछि उनीहरूले वराह भगवानको दर्शन गर्छन् र विधिवत रूपमा आफ्नो बरखी फुकाउँछन् ।

Sagurigadi

दुःख बगाउने कर्म आठपहरियाहरूको प्रमुख चाड वाडाङ्मीको अवसरमा गरिन्छ । विशेष गरी नेपालको पूर्वी पहाडी क्षेत्र धनकुटा यहाँको खाल्सा क्षेत्र वरपर बसोबास गर्ने आठपहरिया राई तथा अन्य किरात राई समुदायमा परम्परादेखि चल्दै आएको छ ।  कोशीमा दुःख बगाएर फर्किएपछि मात्र उनीहरू घरमा ढोल नाँच (वाढङ्मेट नाँच) नाँच्छन् र उत्सव मनाउँछन् । कोशीमा दुःख नबगाएसम्म सो वर्ष मृत्यु भएका परिवारमा कुनै पनि खुसीयाली वा चाडपर्व मनाइँदैन । वाडाङ्मीर वाडाङ्मेट वा पापानी पर्व प्रत्येक वर्ष कात्तिक पूर्णिमादेखि सुरु हुन्छ ।  यो पर्व कात्तिक पूर्णिमा वा त्यसपछिको पहिलो मङ्गलबारदेखि औपचारिक रूपमा सुरु हुने परम्परा छ ।