धरान / नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी किराँत राई संघको प्रथम महाधिवेशन धरानमा सम्पन्न भएको छ । महाधिवेशनले काठमाडौंका सुवासचन्द्र राईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै १७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ । महाधिवेशनबाट उपाध्यक्षमा ओखलढुंगाका राजाबाबु किराती र काठमाडौंकी सारिका राई चयन भएका छन् । त्यस्तै महामन्त्रीमा ताप्लेजुङका खगेन्द्र राई तथा कोषाध्यक्षमा धरानकी अनुपमा राई चयन भएका छन् ।

News Photo Rai

यसैगरी सहमहामन्त्रीमा नवलपुरका राजकुमार राई र धरानकी पञ्चकला राई सर्वसम्मत चयन भएका छन् । १७ सदस्यीय नवनिर्वाचित कार्यसमितिका अन्य सदस्यहरूमा सुनसरीका चित्र राई र सुरेन्द्र राई, सिन्धुलीका किरणजंग राई, धनकुटाका रिवाज राई, झापाकी कल्पना राई, झापाका ज्ञानकुमार राई, उदयपुरकी विमला राई, संखुवासभाका विश्वनाथ राई, झापाका धनबहादुर राई तथा उदयपुरकी रमिला राई रहेका छन् ।

1, pankoj jama

२०७३ सालमा गठन भएको नेपाल लोकतन्त्रवादी किराँत राई संघले गठन भएको करिब १० वर्षपछि पहिलोपटक महाधिवेशन गरेको हो । लामो समयसम्म संघको नेतृत्वदायी भूमिका धनकुटाका आनन्द सन्तोषी राईले सम्हाल्दै आएका थिए । महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै संघले संगठनलाई थप विस्तार गर्ने र राई समुदायका युवालाई नेपाली कांग्रेससँग जोड्ने अभियान सञ्चालन गर्ने जनाएको छ ।

9

नवनिर्वाचित अध्यक्ष सुवासचन्द्र राईले नेपाली कांग्रेसमा राई समुदायको रुचि घट्दै गएको अवस्थामा युवाहरुलाई पुनः संगठनसँग जोड्न आफूहरूले भूमिका खेल्ने बताए । उनले राई युवाहरुलाई संगठित गर्दै संगठनको जरा थप बलियो बनाउने अभियान सञ्चालन गर्ने धारणा व्यक्त गरे । संघले नेपाली कांग्रेस धरान नगर कार्यसमितिको कार्यालयको एक भाग प्रयोग गरी आफ्नो केन्द्रीय तथा प्रादेशिक सम्पर्क कार्यालय समेत स्थापना गर्ने जनाएको छ ।

18

नयाँ नेतृत्व चयनसँगै लोकतन्त्रवादी किराँत राई संघले राई समुदायको पहिचान, अधिकार र राजनीतिक सहभागिताका विषयलाई प्राथमिकतामा राख्दै संगठन विस्तार गर्ने जनाएको छ । 

13

2