सुनसरीको धरान ईलाका प्रहरी कार्यालयमा उजुरी निवेदन लेख्न जादा अब पैसा नलाग्ने भएको छ । इलाका प्रहरी कार्यालय धरानमा उजुरी निवेदन प्रहरीले नै लेखिदिने व्यवस्था मिलाएकाले पैसा नलाग्ने भएको हो । आईतबार धरानका पत्रकारहरु संगको परिचयात्मक भेटघाट कार्यक्रममा बोल्दै धरान ईलाकामा आएका नयाँ प्रहरी नायव उपरिक्षक( डिएसपी) मान बहादुर राईले ईलाका भित्रकै प्रहरीले उजुरी लेखिदिने ब्यवस्था मिलईएको बताए ।

घट्नामा इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिन कानुन व्यवसायीबाट लेखाउने खर्च नभएका पीडित पक्षको निवेदन प्रहरीले नै लेखिदिने व्यवस्था गरिएको डिएसपी राईले जानकारी गराए । (डिएसपी) राईले भने ‘निवेदन लेखाउन खर्च नभएर उजुरी नै गर्न नआएको पाइएकोले प्रहरीले नै निवेदन लेखिदिने नागरिक सुरक्षा सहायता कक्ष शुरु गरेका छौँ ।’

डिएसपी राईले चैत १५ गतेबाट इलाका प्रहरी कार्यालय पमुखको जिम्मेवारी सम्हालेका हुन । उनी आएपछि धरानमा घटेको खुकुरी प्रहारको एक घट्नाका घाइते उजुरी गर्न नै नआएकोले घरमै गएर सोधपुछ गर्दा ‘निवेदन लेखाउने पैसा नभएकोले उजुरी दिन नआएको’ बताएको उल्लेख गर्दै डिएसपी राईले भने ‘कानुन व्यवसायीबाटै उजुरी लेखाउन चाहनेहरूले उनीहरूबाटै लेखाउन सक्छन् ।’

प्रहरीमा दिइएका कतिपय निवेदन तत्काल दर्ता नगरिने गुनासोको बारेमा उनले प्रहरीमा आउने सूचना तथ्यपूर्ण भएमा दर्ता नहुने कुनै कारण नहुने बताए । डिएसपी राईले भने ‘तर कसैलाई आरोप लगाइन्छ भने पुष्टि हुने आधार हुनुपर्दछ ।’ बिना आधार आरोप लगाउँदै घटना दर्ता गरिदिनु र्पयो भन्दै कतिपय निवेदन आउने गरेको उनले बताए । तर घट्नाको तथ्य स्थिति बुझेर कारबाही अघि बढाउने कुरामा प्रहरीले ढिलाइ नगर्ने उनको  भनाई छ ।

धरानको शान्ति सुरक्षा सहित सामाजिक सद्भाव कायम गर्नै कार्यमा सबै सरोकारवाला पक्षसँग समन्वय गर्दै अघि बढ्ने डिएसपी राईले बताए । नागरिकको जिउधनको सुरक्षा, दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।