विराटनर/ २०८१ साले वैशाख ६ गते कोशी प्रदेश सभाको विशेष अधिवेशनका लागि प्रदेश सदस्यहरुलाई बोलाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाका एक चौथाईभन्दा बढी प्रदेशसभा सदस्यहरुले दिएको पत्रको आधारमा विषेश अधिवेशन बोलाएका हो ।

‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुको चैत्र २६ गतेको लिखित अनुरोधमा प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३० बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदहरुले सरकार र सम्बन्धित पदाधिकारीलाई विषेश निर्देशन दिनुपर्ने आवश्यकता भएको भन्दै त्यसको लागि प्रदेशसभाको विषेश अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई निवेदन दिएका हुन् ।